• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

  •  संवाददाता
  • २०८३ भाद्र १, सोमबार ०९:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी / पुर्बी नवलपरासी (नवलपुर)को हुप्सेकोट गाउँपालिकाबाटै अब जग्गा रजिस्ट्रेसन, नामसारी, धितोसम्बन्धी काम तथा नक्सा प्रमाणितलगायत भूमि व्यवस्थापनसम्बन्धी सेवा लिन सकिने भएको छ।

    गाउँपालिकाले आइतबारदेखि औपचारिक रूपमा स्थानीय तहबाटै भूमि व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको हो।

    नेपालमा यस्तो सेवा सञ्चालनको अनुमति पाउने हुप्सेकोट ३६औँ स्थानीय तह हो भने कार्यान्वयनमा ल्याउने हिसाबले १०औँ पालिका बनेको छ।

    गण्डकी प्रदेशमा भने हुप्सेकोटबाट पहिलोपटक स्थानीय तहस्तरमै भूमि व्यवस्थापन सेवा सुरु गरिएको हो।

    सेवा शुभारम्भका क्रममा स्थानीय जनप्रतिनिधि बुद्धिमान तामाङलाई नक्सा प्रमाणित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले भूमि व्यवस्थापनजस्तो नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा गाउँघरमै उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार स्थानीय तहबाटै सेवा पाएपछि नागरिकको समय र खर्च दुवै बचत हुनेछ।

    प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सेवा प्रवाहमा पारदर्शिता, सुशासन र कानुनी प्रक्रियाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।

    गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भूमि व्यवस्थापन सेवा गाउँपालिकामै सुरु भएपछि सामान्य जग्गासम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने नागरिकको बाध्यता कम हुने बताइन्। उनले सेवाग्राहीलाई सहज, पारदर्शी र बिचौलियामुक्त वातावरणमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

    भूमि व्यवस्थापन कार्यालय नवलपुरका निमित्त प्रमुख घनश्याम गाहाका अनुसार हुप्सेकोटबाट जग्गा रजिस्ट्रेसन, धितोसम्बन्धी काम, जग्गा नामसारी, नक्सा प्रमाणितलगायत सेवा प्रदान गरिनेछ। सेवाग्राहीको आवश्यकता र मागका आधारमा थप सेवा क्रमशः विस्तार गरिने उनले जानकारी दिए।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख युवराज खड्का, जिल्ला नापी कार्यालय नवलपुरका प्रमुख पूर्णहरि सुवेदीलगायतको सहभागिता थियो।

    स्थानीय तहबाटै भूमि व्यवस्थापन सेवा सुरु भएसँगै हुप्सेकोटका नागरिकले जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने समय, खर्च र झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ। गाउँपालिकाबाटै सेवा विस्तार हुनु भूमि व्यवस्थापनको विकेन्द्रीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

    पश्चिम नवलपरासीमा भने एउटा स्थानीय सरकारले पनी यो भूमि सेवा संचालन गर्न तत्परता देखाएको छैन ।

    Post Views: 216

    प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार ०९:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.