• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

  •  संवाददाता
  • २०८३ श्रावण ३१, आईतवार २२:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ साउन २९

    मुलुकमा नयाँ पुस्ताको राजनीतिक चासो र जन चाहनाका कारण मुकुलको सत्ता अहिले युवा प्रधानमन्त्रीको हातमा छ ।

    यसै बिच पश्चिम नवलपरासीको बर्दघाटमा पहिलो पटक ७० भन्दा बढी युवाहरू प्रत्यक्ष रूपमा सांसदको भूमिकाको  अभ्यासमां उत्रिँएका छन्।

    नवलपरासीको बर्दघाटमा आयोजना गरिएको दुई दिने ‘नमूना संसद अभ्यास २०८३ आईतबार एक समारोहका बिच सम्पन्न भएको छ।

    कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (संघीय सांसद) विक्रम खनालले देशको समृद्धिका लागि युवाहरूलाई नीति निर्माण र लोकतान्त्रिक अभ्यासमा जोड्नु अपरिहार्य रहेको बताउनुभयो। “नयाँ पुस्तामा राजनीतिक चेतना र कानुन निर्माणको ज्ञान हुनु लोकतन्त्रको सुदृढीकरणका लागि अत्यन्तै खुसीको कुरा हो,” प्रमुख अतिथि सांसद खनालले भन्नुभयो, “युवाहरूले देखाएको यो उत्साह र अभ्यासको अनुभवले आगामी दिनमा मुलुकलाई योग्य, सचेत र जिम्मेवार नेतृत्व प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”
    समापन समारोहमा बोल्दै पूर्वमन्त्री घनश्याम यादव, संविधान सभा सदस्य सिन्धु जलेसा र पूर्व सांसद सरिता भुसालले युवाहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक कानुन निर्माणको प्रक्रिया सिकाउने यो अभ्यास ऐतिहासिक र अनुकरणीय रहेको धारणा राख्नुभयो।
    त्यस्तै, समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति विक्रम प्रसाद यादव, बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्याल , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति रवि पाण्डेय ले युवापुस्तामा राजनीतिप्रति बढेको वितृष्णा चिर्न र सकारात्मक नागरिक चेतना अभिवृद्धि गर्न यस्ता रचनात्मक अभ्यासहरूले ठूलो सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।
    आयोजक संस्था एजुकेट इनिसिएटिभ नेपालका अध्यक्ष सुलभ खनालले शिक्षालाई किताबी ज्ञानभन्दा माथि उठाएर नागरिक चेतना र व्यावहारिक अभ्याससँग जोड्ने लक्ष्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।
    बर्दघाट युथ सर्कलका अध्यक्ष प्रसान्त गिरी र मुख्य सल्लाहकार किशोर गैरेले जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गरिएको यो अभ्यासले युवाहरूमा कानुन निर्माण, संसदीय मर्यादा र लोकतान्त्रिक मूल्यमान्यताबारे स्पष्ट र गहिरो बुझाइ निर्माण गरेको बताउनुभयो। उहाँहरूले आगामी दिनमा पनि युवा सशक्तिकरणका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    दुई दिनसम्म चलेको उक्त अभ्यासमा विभिन्न विद्यालय, कलेज तथा सामाजिक क्षेत्रमा क्रियाशील ७० भन्दा बढी युवाहरूले प्रत्यक्ष रूपमा ‘सांसद’को भूमिका निर्वाह गर्दै संसदीय बहस, विधेयक प्रस्तुति र कानुन निर्माणको व्यावहारिक प्रक्रिया पूरा गरेका थिए।

    Post Views: 337

    प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार २२:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.