• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न


मोहन पौडेल
परासी,८ भदौ /  पश्चिम नवलपरासीको रामग्राममा नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल जेसीजको आयोजना तथा रामग्राम जेसीजको आतिथ्यमा भदौ ६ र ७ गते परासीमा सम्पन्न सम्मेलनले युवाको नेतृत्व विकास, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जेसीज अभियानलाई थप ऊर्जाशील बनाउने सन्देश दिएको छ।
क्षेत्र घ अन्तर्गतका ५८ वटा जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारीसहित राष्ट्रिय पदाधिकारी, पूर्व राष्ट्रिय पदाधिकारी, देशभरका विभिन्न शाखाका पूर्व अध्यक्ष तथा सदस्य गरी ५०० भन्दा बढीको सहभागिता रहेको सम्मेलनले परासीलाई दुई दिनसम्म जेसीज गतिविधिको केन्द्र बनाएको थियो।
सम्मेलनमा नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवद्र्धनसम्बन्धी विभिन्न प्रशिक्षण सञ्चालन गरिएको थियो। सम्मेलनमा क्षेत्र घ को साधारणसभासँगै युवाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता, थीम सेमिनार, महाधिवेशन प्रवद्र्धन तथा विभिन्न क्षमता विकासका कार्यक्रम आयोजना गरिएका थिए। कार्यक्रमले शाखाबीच अनुभव आदानप्रदान, सहकार्य र आपसी सद्भाव विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।
सम्मेलनको उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले देश बन्दै गरेको भन्दै युवाबाटै देश बन्ने विश्वास दिलाउनुभयो । उहाँले वर्तमान सरकार असफल हुने छुट नभएको बताउँदै संस्थागत सुधारसहित प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउँदै देश बनाउने अभियानमा सहकार्य र समन्वय गर्ने बताउनुभयो ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले वर्ष २०२६ मा प्रोजेक्ट संकल्प अन्र्तगत एकताको संकल्प रुपान्तरणको यात्रालाई आत्मसाथ गर्दै जेसीज अभियानलाई अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सकारात्मक सोचले मात्र मुलुक निर्माण हुने बताउँदै युवाहरुलाई निराशामा नभइ नयाँ उर्जाका साथ अघि बढ्न आह्वान गर्नुभयो ।
सम्मेलन सभापति नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्यायले सम्मेलनले क्षेत्र घ अन्तर्गतका शाखाहरूबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो । नेतृत्व पदले होइन, जिम्मेवारी र कर्मले स्थापित हुन्छ भन्ने सन्देश सम्मेलनले दिएको उहाँको भनाइ थियो ।
आतिथ्य शाखा रामग्राम जेसीजका अध्यक्ष मुकेश नारायण लोनियाले सम्मेलनलाई पश्चिम नवलपरासीमा जेसीज गतिविधि विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले देशका विभिन्न स्थानबाट आएका जेसीजकर्मीलाई परासीमा स्वागत गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
सम्मेलन निर्देशक सन्दिप अग्रहरीले कार्यक्रमलाई सफल बनाउन देशभरबाट आएका जेसीजकर्मी, आयोजक तथा सहयोगी सबैको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । देशभरका युवाको सहभागिताले परासीमा जेसीजको ऊर्जा र सम्भावनालाई थप उजागर गरेको उहाँको भनाइ थियो । दुई दिनसम्म चलेको सम्मेलनले युवाबीच विचार, अनुभव र सम्भावनाको आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरेको आयोजकको भनाइ छ।
यसैबीच, आगामी वर्ष २०२७ को नेपाल जेसीज क्षेत्र घ सम्मेलन कपिलवस्तु जेसीजको आतिथ्यमा आयोजना हुने भएको छ। रामग्रामबाट कपिलवस्तुतर्फ हस्तान्तरण भएको क्षेत्र घ सम्मेलनको आतिथ्यले आगामी वर्ष पनि युवाको नेतृत्व, उद्यमशीलता र सामाजिक अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
यसैगरी नेपाल जेसीजको प्रकरणमा आधारित वक्तृत्वकला प्रतियोगितामा सिदार्थ लेडी जेसीज प्रथम, नवलपुर जेसीज द्धितीय र टिकापुर जेसीज तृतीय भएको बताइएको छ । यससँगै यस वर्षका नेपाल जेसीजका चार वटै क्षेत्रहरुको सम्मेलन शुरु भएको छ ।


ताजा अपडेट
  • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

  • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

  • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

  • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

  • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

चर्चित
  • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

  • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

  • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

हाम्रो बारेमा

बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : Ramgram-3, Parasi, Nawalparasi

Branch Office: Sunwal-1 Pioneer

Phone : 9857045019

 

हाम्रो टीम

अध्यक्षः  साबित्री पौडेल

सम्पादक:  नारायण सुबेदी

सह सम्पादक: पुजा लम्साल

 

संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

सामाजिक संजाल

© 2024 24NewsFire . All Rights Reserved.