३० अशोज २०८३, शुक्रबार

क्षेत्री समाज नवलपरासीको नवनिर्मित बहुउदेश्यिय भवनको उद्घाटन


नवलपरासी । क्षेत्री समाज नेपाल नवलपरासीले बर्दघाट १६ सुर्यनगरमा निर्माण गरेको नवनिर्मित बहुउदेश्यिय भवनको उद्घाटन गरिएको छ । समाजका केन्द्रिय अध्यक्ष प्रध्यापक दिल बहादुर क्षेत्रीले शनिवार एक कार्यक्रमका विच नवनिर्मित भवनको उद्घाटन गरेका हुन्् । नवनिर्मित भवनको उद्घाटन गर्र्दै प्रध्यापक क्षेत्रीले समाज रुपान्तरण र आफ्नो सम्पदा जगेर्नाका लागी समाजले अग्रणी भुमिका खेल्नु पर्ने बताए ।

सो अवसरमा बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सदस्य खड्क बस्नेतले कुनैपनि जातिय संगठनले समाजमा समाजिक सद्भाव खलबलिने खालका क्रियाकलाप नगरी सबै समुदायसंग मित्रवत सम्बन्ध राख्दै अगाडी बढ्न सके देशमा समृद्धि ल्याउन सकिने बताए ।
विभिन्न संघसंस्था र समाजसेवीको सहयोग मार्फत करिब ३६ लाख ७० हजारको लगानीमा भवन निर्माण भएको क्षेत्री समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले जानकारी दिए ।
कार्यक्रममा भवन निर्माणमा अत्याधिक आर्थिक सहयोग गर्ने लाल बहादुर अधिकारी र सुखाराम चौहान तथा समाजमा आवद्ध क्षेत्रीहरुका उच्च शिक्षा हासिल गरेका ९ जना छात्रछात्राहरुलाई सम्मान पत्रहरुले सम्मान गरिएको थियो । सहयोगी चौहान र अधिकारीले समाजको भवन निर्माणका लागी १२/१२ लाख बराबरको जग्गा प्रदान गरेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार