• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सहकारीबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त – नगरप्रमुख अर्याल

  •  
  • २०७९ पुष १७, आईतवार १६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । सुनवल नगरपालिका प्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ । उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग जोडिएर काम गर्दा परनिर्भरता घटाई आत्मनिर्भरता बढाउने बताउनुभएको हो ।
    नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लि.को २५ औं वार्षिक साधारणसभालाई आर्ईतवार सुनवलमा सम्बोधन गर्दै नगर प्रमुख अर्यालले समयको सदुपयोग गर्दै अगाडी बढ्न र फजुल खर्च गर्ने खालका आनिवानीलाई परिवर्तन गर्न सके मात्र समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ठ अतिथि रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले आफ्नो स्थिति हेरेर मात्र ऋण लिन र सहकारीबाट जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गर्न आग्रह गर्नुृभयो । सहकारीले पनि आय आर्जन बढाउन सदस्यलाई लाभान्वित हुने खालको तालिम दिनुपर्नेमा उहाको जोड थियो ।
    जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न र बजारीकरण र स्टोरको व्यवस्था रहेकोले उत्पादन बढाउन आग्रह गर्नुभयो ।
    पुर्वि नवलपरासीको मध्यबिन्दु १० अरुणखोलामा केन्द्रिय कार्यलय रहेको यस सहकारीमा ४४ हजार बढी सेयर सदस्य रहेको सहकारिकी सहमहाप्रवन्धक बिमला पाठकले जानकारी दिनुभयो । यहि पुष १३ गते देखि २१ गते सम्म १८ ओटै शाखाको क्षेत्रगत बार्षिक साधारणसभा गर्ने कार्यक्रम रहेको र पौष २२ गते केन्द्रिय कार्यलय रहेको स्थानमा बार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार आईतवार सुनवलमा सहकारीको ईकाई-३ (सुनवल,भुमहि,बुटवल सेवा केन्द्रको संयुक्त) साधारणसभा सम्पन्न भएको हो ।
    कुल ३१ करोड २८ लाख ३६ हजार १ सय शेयर पुँजी रहेको यस संस्थाले आव २०७८/०७९ मा कुल १२ करोड १२ लाख ४९ हजार ५ सय २४ नाफा आर्जन गर्न सफल भएको छ ।
    सभामा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर चौधरीले अध्यक्षको प्रतिवेदन, सहमहाप्रवन्धक बिमला पाठकले लेखा सुपरिवेक्षणको प्रतिवेदन,सहसचिव जोगमाया महतोले सचिवको प्रतिवेदन र कौशिला सापकोटाले कोषाध्याक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    भुमहि सेवा केन्द्र कार्यलय प्रमुख हिरा परियारको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुनवल वडा नं १ का वडाध्यक्ष मान बहादुर थापा,वडा नं १२ का अध्यक्ष चुरामणि पौडेल, वडा नं ९ का अध्यक्ष विरवल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विधार्थिलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै उत्कृष्ट उद्दमि, उत्कृष्ट बचत बृद्धि, उत्कृष्ट केन्द्र प्रमुख, उपप्रमुख,व्यवसायी लगायत विभिन्न बिधामा उत्कृष्टलाई सम्मान गरिएको थियो । सहकारीले गण्डकी, लुम्बिनी, बाग्मति प्रदेशका ५ बढी जिल्लामा सेवाकेन्द्र सहित संचालन गरेको छ ।

    Post Views: 198

    प्रकाशित मिति: २०७९ पुष १७, आईतवार १६:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.