• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चितवनमा मेवाका बिरुवाको माग बढ्दो

  •  संवाददाता
  • २०८१ फाल्गुन २९, बिहीबार ०६:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवाको माग बढ्दै गएको छ । व्यावसायिक कीट विकास फार्म भण्डारले उन्नत जातको मेवाका बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि माग बढेको हो ।

    कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको जग्गामा लगाइएका बिरुवा बिक्रीका लागि तयार भएका छन् । उहाँले भन्नुभयो, “थोरै बिरुवा उत्पादन गरिएको भए पनि माग उच्च छ ।” अहिले चार हजार बीउ लगाइएकामा तीन हजार हाराहारी बिरुवा उत्पादन भएका छन् । उहाँका अनुसार रेड लेडी जातको मेवाका बिरुवा उत्पादन गरी बिक्री गर्न थालिएको हो ।

    यो ताइवानको बीउ हो । यो मेवा फल धेरै लाग्ने र छोटो समयमा खानका लागि तयार हुने गर्दछ । गत माघको दोस्रो साता लगाइएको बीउका बिरुवा अहिले रोप्नका लागि तयार भएका हुन् । अझै एक हप्तापछि रोप्न उपयुक्त हुने उहाँले बताउनुभयो । बिरुवा रोपेको दश महिनापछि राम्रो उत्पादन दिने गर्दछ । कार्यालयका कृषि प्राविधिक पवनकुमार यादवका अनुसार उन्नत जात भएकाले एक वर्ष उत्पादन लिएर पुनः बिरुवा लगाउँदा उपयुक्त हुन्छ । यसले पनि दुई–तीन वर्षसम्म पनि फल भने दिने गर्दछ । पछिल्लो वर्षमा उत्पादन क्षमता घट्दै जाने उहाँको भनाइ छ ।

    उत्पादन राम्रो हुने भएकाले किसानले बिरुवाको माग धेरै गरेका छन् । हालसम्म चार हजारभन्दा बढी बिरुवाको माग भइसकेको छ । पहिला नाम टिपाउनेलाई बिरुवा दिने उहाँले बताउनुभयो । दुई पटक गरेर बिरुवा उमार्ने लक्ष्य लिइएको भए पनि बीउ नपाउँदा दोस्रो लट रोप्न नपाएर मागअनुसार दिन नसकिएको हो । धेरै एकैचोटी लगाउँदा खेर जान सक्ने भएकाले सुरुमा थोरै लगाइएको उहाँ बताउनुहुन्छ । कार्यालयले चार वर्षअघिदेखि मेवाको बिरुवा उत्पादन सुरु गरेको हो ।

    स्थानीय जातका मेवाभन्दा धेरै उत्पादन दिने र स्वादमा फरक पाइने यो जातका बिरुवाको माग बढेपछि आगामी वर्षमा उत्पादन बढाउने उहाँले बताउनुभयो । उहाँका अनुसार मेवाका बिरुवालाई प्रतिगोटा रु ३५ मा बिक्री गरिएको छ । अहिले चितवनसहित मकवानपुर, धादिङलगायतका जिल्लाबाट मेवाका बिरुवाको माग आएको छ ।

    Post Views: 223

    प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार ०६:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.