काठमाडौं, नेपाल – रुट २ युनी इन्टरनेशनल ग्रुपको आयोजनामा आयोजित यूके एसेस्मेन्ट डे २०२५ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतको प्रतिष्ठित University of Worcester का प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विश्वविद्यालय प्रतिनिधिहरूमालरेन ज्याक, क्षेत्रीय प्रबन्धक, जोडी वाकर हेवुड, नर्सिङ इन्टरनेशनल लिड तथा वरिष्ठ प्राध्यापक, र मेलानी जार्मन, शैक्षिक अंग्रेजी तथा सीप केन्द्र प्रमुख समावेश थिए:
कार्यक्रमको दौरान प्रतिनिधिहरूले आफ्ना-आफ्ना धारणा राख्दै युके अध्ययनको मूल्य, वुर्सेस्टर विश्वविद्यालयको शैक्षिक पहुँच, र नेपाली विद्यार्थीहरूप्रति विश्वविद्यालयको प्रतिबद्धताबारे चर्चा गरे।
लरेन ज्याकले भन्नुभयो, “University of Worcester को विविध, समावेशी र विद्यार्थी–केन्द्रित वातावरण नेपाली विद्यार्थीहरूका लागि एक उत्कृष्ट गन्तव्य बन्न सक्छ। हामीले विश्वव्यापी विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको सफल क्यारियर निर्माणका लागि आवश्यक सबै समर्थन प्रदान गर्दै आएका छौं।”
जोडी वाकर हेवुडले नर्सिङ क्षेत्रका अवसरबारे जानकारी दिँदै भन्नुभयो, “नेपाली विद्यार्थीहरूमा सेवा भाव, सहानुभूति र मेहेनत गर्ने मनोवृत्ति अत्यन्त उच्च देखिएको छ। यस्ता गुणहरू युकेको हेल्थकेयर क्षेत्रमा विशेष माग गरिन्छ। हाम्रो विश्वविद्यालयमा उपलब्ध क्लिनिकल प्लेसमेन्ट, व्यावहारिक तालिम र अनुसन्धानमा आधारित अध्ययन पद्धतिले विद्यार्थीहरूलाई विश्वस्तरीय नर्स बन्ने बाटो खोल्दछ।”
मेलानी जार्मनले अंग्रेजी भाषा दक्षता र शैक्षिक सीपको विकासबारे जोड दिँदै भनिन्, “विद्यार्थीको समग्र विकासमा भाषा र सीप अत्यन्त आवश्यक छन्। हाम्रो English Language and Skills Center ले विद्यार्थीहरूको आत्मविश्वास बढाउन र शैक्षिक तथा व्यावसायिक सफलता सुनिश्चित गर्न विशेष भूमिका खेल्दछ।”
कार्यक्रमको औपचारिक समापनतर्फ, रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सी यूके विभागकी बिजनेस डेभलपमेन्ट म्यानेजर प्रियंका खनालले अतिथिहरूको सक्रिय सहभागिता र बहुमूल्य विचारको प्रशंसा गर्दै, “यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणालीबारे प्रत्यक्ष बुझ्न र तयारी गर्न सहज बनाउँछ,” भन्दै आभार प्रकट गरिन्। साथै, उनले रुट २ युनी समूहलाई सफल आयोजनाको लागि धन्यवाद दिइन्।
विद्यार्थीहरूले प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै युके अध्ययनका सम्भावना र प्रक्रियाबारे प्रष्टता पाएका थिए। उपस्थित विद्यार्थीहरूको प्रतिक्रियाले कार्यक्रम अत्यन्त फलदायी र उत्प्रेरणात्मक भएको स्पष्ट भएको छ।
यस्ता कार्यक्रमहरूले युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन मात्र होइन, विश्वस्त बनाउने विश्वास आयोजक संस्था रुट २ युनीले जनाएको छ।



