नवलपुर प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कावासोती नगरपालिका–१ कोईलापानी निवासी २२ वर्षीय रोजन घर्ती (उर्फ हप्पे भाई) लाई आफ्नै घरको कोठामा लुकाइ राखेको अवस्थामा लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठाबाट लागू औषध,Promethazine Hydrochloride Tablets IP PROMETH-25 लेखेको २७०(दुई सय सत्तरी) ट्यावलेट,Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखेको ३९९ (तिन सय उनान्सय) ट्यावलेट, साथै घर्तीको घरबाट १९४ ग्राम गाँजा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ परेका घर्तीलाई जिल्ला अदालत नवलपुरबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
यस्तै, प्रहरीले पछिल्ला विभिन्न मितिहरूमा गाँजा सहित अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा देवचुली नगरपालिका–१२ का मन बहादुर सुनार, कावासोती नगरपालिका–५ का थर्क बहादुर कुमाल र कावासोती नगरपालिका–१ का उमन बहादुर कुमाल रहेका छन् । उनीहरूलाई समेत अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ


