• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट–१२ स्थित कजारिया रमेश टायल्स उद्योगमा मजदुरको मृत्यु प्रकरण : चार जनामाथि मुद्दा

  •  संवाददाता
  • २०८२ पुष २२, मंगलवार १६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी (बर्दघाट नगरपालिका–१२) भटौलियास्थित कजारिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु प्रकरणमा चार जनामाथि मुद्दा दायर गरिएको छ। उद्योगको लापरबाहीका कारण मजदुरको मृत्यु भएको आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको हो।
    मृतकका आफन्तले जाहेरी दिएपछि मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर सुशिल घिमिरेले जानकारी दिनुभयो। मुद्दा चलाइएकामध्ये जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेसहित दुई जना हिरासतमा छन् भने दुई भारतीय कर्मचारी फरार रहेका छन्।
    घटनापछि मजदुरलाई तत्काल उपचारका लागि नलगेको र सुरक्षाका मापदण्ड पालना नगरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने) अन्तर्गत मुद्दा दायर गरिएको हो।
    गत बिहीबार राति उद्योगमा काम गरेर कोठामा सुतेका अवस्थामा नवलपरासी बर्दघाट–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढका ३० वर्षीय विनोदकुमारको मृत्यु भएको थियो। ग्यास लिक हुँदा निसासिएर मृत्यु भएको आशंका गरिएको छ। मृतक दुवै ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्टमा कार्यरत मजदुर थिए।
    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय र मृतकका आफन्तले उद्योगमा तालाबन्दी गरेका छन्।
    कसुर ठहर भएमा दोषीलाई तीनदेखि दस वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

    Post Views: 230

    प्रकाशित मिति: २०८२ पुष २२, मंगलवार १६:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.