३० भदौ २०८३, मङ्लबार

नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

बर्दघाट २३ बैशाख /
नवलपरासीका अव्यवस्थित बसोबासी तथा भुमिहीन सुकुम्बासीले  आन्दोलनको उद्ग्घोष गरेका छन् ।
बुधबार बर्दघाट प्रेस क्लबमा एक साक्षात्कार कार्यक्रम गरेर उनीहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन ।
क्रान्तिकारी सुकुम्बासी संघ नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीको नेतृत्वमा ६ वटा संघसंगठन सम्मीलित “भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संयुक्त संघर्ष समिति नवलपरासी” ले सरकारले राज्य आतंक सिर्जना गरेर सुकुम्बासीलाई बिना विकल्प घरबासबिहीन बनाउने कार्य गरिरहेकोले त्यसका बिरुद्ध आन्दोलन घोषणा गरेको जनाएको छ ।
कार्यक्रममा समितिका संयोजक चुडामणि भण्डारीले जनताको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा उल्टै दमनमा उत्रनु दु:खद रहेको बताउदै आन्दोलनको तालिका घोषणा गर्नु परेको बताए ।
आन्दोलनको तालिका अनुसार बैशाख २८ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ३० गते सातै पालिकामा मागपत्र बुझाउने, जेठ ५ गते जिल्लामा सक्रिय राजनितिक दल सङ्ग अन्तरक्रिया गर्ने र जेठ ११ गते जिल्लाब्यापी बृहत आन्दोलन गरिने कार्यक्रम रहेको र दोसो चरणको आन्दोलन जेठ १२ गते पछि सार्बजनिक गर्ने समेत समितिले जनाएको छ ।
उक्त संघर्ष समितिमा क्रान्तिकारी सुकुम्बासी संघ नेपाल, भुमि अधिकार तथा श्रमिक संगठन, अखिल नेपाल सुकुम्बासी संगठन , अखिल नेपाल सुकुमवासी संघ ,अखिल नेपाल सुकुम्बासी संघ ( समाजवादी ), नेपाल किसान संघ सम्मीलित सुकुम्बासीलगायत सहभागी छन् ।
सुकुम्सबासी समितिले बालेन सरकारले भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको मानव अधिकारको समेत  उल्लङ्घन गरेको बताउदै आन्दोलनका कार्यक्रममा सहभागी र साथ दिन नागरिक समाज लगायत सबै संग आग्रह गरेको छ ।
जिल्लाका बिभिन्न पालिकामा रहेका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाऊने हल्लाले सुकुम्बासी बस्तीमा भय र त्रासको सृजना भएको आन्दोलन पक्षले जनाएको छ ।

हालै खारेजीमा परेको नवलपरासीमा क्रियाशील लाल बहादुर गुरूंग नेतृत्वको भूमि समस्या समाधान आयोगले भने हाल सम्म कार्य प्रगति बारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार