• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यको नवलपरासीको जन्मघर संग्राहालय बन्दै

  •  
  • २०७९ पुष ३०, शनिबार १५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी।नेपालका पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यको नवलपरासी सदरमुकाम परासीमा रहेको जन्मघरलाई संग्रालय निमांणका निम्ती पहल सुरु गरिएको छ ।पुर्व प्रधानमन्त्री एवं नेपालको जेष्ठ राजनैतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष समेत रहेका प्रजातान्त्री आन्दोलनका धरोहरका रुपमा परिचित स्वं आचार्य जन्मेको करिव १०० वर्षभन्दा पुरानो जिर्ण घरलाई लुम्बिनी प्रदेश सरकारको ५० लाखको लगानीमा संग्रालय बनाउन पहल सुरु गर्न लागिएको हो ।हालको मालपोत कार्यालय रहेको परिषर भित्र अन्तिम जिर्ण अवस्थामा भएको घर जिर्णोद्धार गर्ने र प्रविधिक हिसावने गर्न असम्भव देखिएकाले सोहि कला अनुसार नयाँ घर बनाएर संग्राहलयमा परिणत गरिने लुम्बिनी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री एवं टंक प्रसाद आयार्य प्रतिष्ठानका सदस्य बैजनाथ चौधरीले जानकारी दिएका छन ।समयमै संरक्षणको पहल गर्ने निकाय नहुँदा जीर्ण हुदै अन्तिमअवस्थामा रहेको उक्त घर भुकम्पले थप क्षति पुरयाएपछि परासीवासीले संरक्षणका निम्ती पहलकदमी गर्दै आएका थिए ।

    पूर्व मन्त्री चौधरीकाअनुसार संग्रालय निर्माणका निम्ती दुई वर्ष अघि प्रदेश सरकारबाट विनियोजन वजेट कार्यान्वयन गरेपनि काम अघि वढ्न नसकेको अव सम्वन्धीत निकायसंग सहकार्य गरि परासीवासीकै गौरव हुने गरि काम अघी वढाउन पहल गरएको वताए ।

    प्रदेश सभा सदस्य बैजनाथ कलवारले पुरातत्व विभागको समेत सूचिमा उल्ल्ेखित उक्त घर जिर्णेद्दार का लागि सो निकायसंग पनि समन्वय गरेर काम अगाडी बढाउनु लािगएको र एतिहासिक धरोहरका रुपमा रहेको आचार्यको घरको जिर्णोद्धार गर्न आवश्यकतानुसार बजेटको निरन्तरताका लागी प्रदेश सरकार समक्ष पहल गर्न वताए ।

    शुक्रबार पूर्व प्रधानमन्त्री आचार्यको जिर्ण घर निरिक्षण गर्न पुर्व प्रदेश मन्त्री चौधरी, प्रदेश सभा सदस्य वैजनाथ कलवार,रामग्राम नगरपालिकाका मेयर धनपत यादव सहित प्रदेश सरकारको टोलीले स्थानीहरु सहित सदरमुकाम मालपोत कार्यालयसग जोडिएको घर पुगेका थिए ।पुरातत्व विभागसंग समेत समन्वय गरि जिर्णोद्धार गर्ने विधि र तरिका विषयमा छलफल गरि निर्माण गरिने लुम्विनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालयका नि.प्रमुख अष्टराज गौतमले बताए ।

    परासीको गहनाको रूपमा रहेको एतिहासीक धरोहरलाई संग्राहालय बनाएर संरक्षण र स्वामित्व समेत ग्रहण गर्न आवश्यक प्रक्रिया थालनी गर्ने नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

    संग्रहालय निर्माण प्रस्तावित उपभोक्ता समितिका अध्यक्ष मुकेश रंजितकारले सम्झौता अनुसार संग्रहालय निर्माणको काम अघि बढ्ने जानकारी दिए।

    ईतिहास अनुसार टंक प्रासाद आयार्य २२ वर्षकै उमेरमा नेपाल प्रजा परिषद्को स्थापना गरेर १९९७ सालमा राणा शासन विरुद्ध पर्चावाजी गर्दाका वखत पूर्वप्रधानमन्त्री टंकप्रसाद पक्राउ परेका थिए । २००७ सालको राजनितिक क्रान्तिको आधारसिला तयार गर्ने प्रकृयामा समेत आचार्यको भूमिका महत्वपुर्ण स्थानमा रहेको स्मरण गरिएको छ ।नेपालमा दिवस मनाउने प्रचलनको सूरुवात , पञ्चवर्षिय योजना निर्माण , नेपाल राष्ट्र बैकको स्थापना र नेपाली मुद्रा देशव्यापी प्रचलन लगाएतका महत्वपूर्ण कामको सुरुवात नवलपरासीको सदरमुकाम परासीमा जन्मीएका पुर्व प्रधानमन्त्रि आचार्यको कार्यकालबाटै भएको थियो ।

    Post Views: 180

    प्रकाशित मिति: २०७९ पुष ३०, शनिबार १५:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ५. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.