• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कविता – तिमीले देखिनौ

  •  
  • २०७९ पुष ३०, शनिबार ०९:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धूलो थियो,
    मैलो लागेको थियो,
    कचेरा जमेको थियो,
    जालो फिंजरिएको थियो ।

    सफा गर्न चाहें।
    सजाउन चाहें।
    मनहोहक बनाउन चाहें।
    नयाँ रुप दिन चाहें।

    तर तिमीले मानेनौ।
    तर तिमीले चाहेनौ ।
    किनकि तिमीले देखिनौ ।
    किनकि तिमीले हेरेनौ ।

    त्यसैले तिमीले दाँजेनौ ।
    त्यसैले तिमीले खोजेनौ ।
    त्यसैले तिमीले मानेनौ ।
    त्यसैले तिमीले चाहेनौ ।

    अरूले देखेका थिए ।
    अरूले हेरेका थिए ।
    अरूले सुँघेका थिए ।
    अरूले चाखेका थिए ।

    फेरि प्रयास गर्दा,
    तिमीलाई नौटंकी लाग्यो ।
    तिमीलाई वेवकुफी लाग्यो ।
    तिमीलाई बढ्ता लाग्यो ।
    तिमीलाई अनावश्यक लाग्यो ।

    स्वाभाविक नै थियो ।
    किनकि तिम्रो इन्द्रियहरू सकृया थिएनन् ।
    किनकि तिम्रा अङ्ग प्रत्याङ्गाहरु चलायमान थिएनन् ।
    किनकि तिम्रा स्वभाव अग्रगामी थिएन ।
    किनकि तिम्रा चाहना फराकिलो थिएन ।

    त्यसैले त आज,
    तिम्रो सोंच अनि हाम्रा फरक छन् ।
    तिम्रो चाल अनि हाम्रा अलग्गै छन् ।
    तिम्रो गति अनि हाम्रो भिन्दै छन् ।
    तिम्रो नजर अनि हाम्रो बेग्लै छन्।

    त्यसैले त आज,
    मेरो पाईला तिमीलाई अनौठो लाग्छ ।
    मेरो चाल तिमीलाई बेथिति लाग्छ ।
    मेरो सोंच तिमीलाई हावा झैं लाग्छ ।
    मेरो परियोजना तिमीलाई बकम्फुसे लाग्छ ।

    तिमी त केवल,
    मनको राजा,
    आफ्नै राजा,
    आफै राजा,
    त्यसै राजा ।

    कुनै बेला थियौ होला,
    उत्तम कलाकार,
    सर्वश्रेष्ठ रचनाकार,
    खतरा योजनाकार,
    दार्शनिक बराबर ।

    अब त,
    समय घर्की सक्यो ।
    साँझ परिसक्यो।
    ज्यान थाकिसक्यो।
    मन पाकिसक्यो।

    त्यसैले त
    मैले परको बिरुवा देख्दा तिमीले देखेनौ ।
    मैले मधुर धुन सुन्दा तिमीले सुनेनौ ।
    मैले मिठो बास्ना सुँघ्दा तिमीले सुँघेनौ।
    मैले लामो यात्रा पार गर्दा तिमीले गरेनौ ।

    त्यसैले त
    तिमीसँगै बसाल्न खोज्यौ ।
    आफ्नै गतिमा हिँडायौ।
    सीमित सोंचमै अडायौ ।
    आफ्नै मायाले बाँध्यौ ।

    तर अब त
    मायाले संसार चल्दैन ।
    अंगालोले शरीर ढाक्दैन ।
    म्वाइँले पेट भर्दैन।
    कुराले मात्रै काम बन्दैन ।

    तसर्थ
    सक्छौ भने हिँड,
    नसके छोड।
    सक्छौ भने रोप,
    नसके नरोक
    यसैमा माया हुनेछ ।
    यसैमा भलाइ हुनेछ।
    यसैमा प्राप्ति हुनेछ ।
    यसैमा प्रगति हुनेछ ।

    पुराण गुरुङ

    सुनवल नवलपरासी

    Post Views: 157

    प्रकाशित मिति: २०७९ पुष ३०, शनिबार ०९:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.