धूलो थियो,
मैलो लागेको थियो,
कचेरा जमेको थियो,
जालो फिंजरिएको थियो ।

सफा गर्न चाहें।
सजाउन चाहें।
मनहोहक बनाउन चाहें।
नयाँ रुप दिन चाहें।
तर तिमीले मानेनौ।
तर तिमीले चाहेनौ ।
किनकि तिमीले देखिनौ ।
किनकि तिमीले हेरेनौ ।
त्यसैले तिमीले दाँजेनौ ।
त्यसैले तिमीले खोजेनौ ।
त्यसैले तिमीले मानेनौ ।
त्यसैले तिमीले चाहेनौ ।
अरूले देखेका थिए ।
अरूले हेरेका थिए ।
अरूले सुँघेका थिए ।
अरूले चाखेका थिए ।
फेरि प्रयास गर्दा,
तिमीलाई नौटंकी लाग्यो ।
तिमीलाई वेवकुफी लाग्यो ।
तिमीलाई बढ्ता लाग्यो ।
तिमीलाई अनावश्यक लाग्यो ।
स्वाभाविक नै थियो ।
किनकि तिम्रो इन्द्रियहरू सकृया थिएनन् ।
किनकि तिम्रा अङ्ग प्रत्याङ्गाहरु चलायमान थिएनन् ।
किनकि तिम्रा स्वभाव अग्रगामी थिएन ।
किनकि तिम्रा चाहना फराकिलो थिएन ।
त्यसैले त आज,
तिम्रो सोंच अनि हाम्रा फरक छन् ।
तिम्रो चाल अनि हाम्रा अलग्गै छन् ।
तिम्रो गति अनि हाम्रो भिन्दै छन् ।
तिम्रो नजर अनि हाम्रो बेग्लै छन्।
त्यसैले त आज,
मेरो पाईला तिमीलाई अनौठो लाग्छ ।
मेरो चाल तिमीलाई बेथिति लाग्छ ।
मेरो सोंच तिमीलाई हावा झैं लाग्छ ।
मेरो परियोजना तिमीलाई बकम्फुसे लाग्छ ।
तिमी त केवल,
मनको राजा,
आफ्नै राजा,
आफै राजा,
त्यसै राजा ।
कुनै बेला थियौ होला,
उत्तम कलाकार,
सर्वश्रेष्ठ रचनाकार,
खतरा योजनाकार,
दार्शनिक बराबर ।
अब त,
समय घर्की सक्यो ।
साँझ परिसक्यो।
ज्यान थाकिसक्यो।
मन पाकिसक्यो।
त्यसैले त
मैले परको बिरुवा देख्दा तिमीले देखेनौ ।
मैले मधुर धुन सुन्दा तिमीले सुनेनौ ।
मैले मिठो बास्ना सुँघ्दा तिमीले सुँघेनौ।
मैले लामो यात्रा पार गर्दा तिमीले गरेनौ ।
त्यसैले त
तिमीसँगै बसाल्न खोज्यौ ।
आफ्नै गतिमा हिँडायौ।
सीमित सोंचमै अडायौ ।
आफ्नै मायाले बाँध्यौ ।
तर अब त
मायाले संसार चल्दैन ।
अंगालोले शरीर ढाक्दैन ।
म्वाइँले पेट भर्दैन।
कुराले मात्रै काम बन्दैन ।
तसर्थ
सक्छौ भने हिँड,
नसके छोड।
सक्छौ भने रोप,
नसके नरोक
यसैमा माया हुनेछ ।
यसैमा भलाइ हुनेछ।
यसैमा प्राप्ति हुनेछ ।
यसैमा प्रगति हुनेछ ।
पुराण गुरुङ
सुनवल नवलपरासी

