१७ कार्तिक २०८३, मङ्लबार

दोस्रो जनज्योती कप 7-A साईड फूटबल प्रतियोगिता सुनवलमा सुरु

सुनवल /  चैत्र -८/ युवराज पुन

जनज्योति युवा क्लबको आयोजनामा दोस्रो जनज्योती कप 7-A साईड खुल्ला नक आउट फूट बल प्रतियोगिता आज देखी सुनवलमा सुरु भएको छ ।

जनज्योती युवा क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङ्गको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुखआतिथ्यतामा प्रतियोगिता शुभारम्भ भएको हो ।

समुदघाटन समारोहमां वडा नम्बर ५ का अध्यक्ष नेत्रलाल तिवारी एवम जिल्ला फूटबल संघ नवलपरासीका कार्यवाहक अध्यक्ष ज्ञानू गुरुङ्गको बिशिश्ट आतिथ्यतामा संचालन भएको कार्याक्रममा कार्यापालिका सदस्य जुठी मायारेगामी–मगर ,वडा नम्बर ५ का अध्यक्ष नेत्रलाल तिवारीले शुभकामना मन्तब्य राख्नु भएको थियो

आयोजकका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५५ हजार र ट्रफी , दोस्रो पुरस्कार नगद ३० हजार र ट्रफीराखिको छ ।

प्रथम पुरस्कारको राशी स्वर्गीय चौमाया गुरुङ्गको सम्झनामा छोरा गुप्त बहादुर गुरुङ्ग को परिवार र दोस्रो पुरस्कारराशि स्वर्गीय मान प्रसाद सापकोटाको सम्झनामा छोरा खेम साप्कोटाको परीवारद्वारा सौजन्य गरिएको हो ।

आजको पहिलो खेलमा  सैनामैना एफसी र नडुवा  एफ सी बिच भएको खेलमा सैनामैनाले १ गोल गरी बिजेता बनेको छ । आजको मेन अफ द मैच सैनामैनाका खेलाडी हिमाल थापाले प्राप्त गरेका छन ।

भोलि किर्तिपूर–२ एफसी v /s मनकामना एफसी र दाजुभाइ एफसी v /s किर्तिपूर–१ एफसी बिच खेल हुनेछ ।

आजको समुदघाटन खेल समारोहमा स्वागत मन्तब्य जनज्योती युका क्लबका उपाध्यक्ष राजिक बि.क. ले राख्नु भयोभने कार्यक्रमको सन्चालन सचिव अन्कित छेत्री ले गर्नुभको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार