२९ अशोज २०८३, बिहिबार

नवलपरासीको सुनवलमा समातियो लाखौ मूल्यका अवैध मोबाईल एसेसरीज

परासी/ चैत्र-०९

जिल्ला प्रहरी कार्यालय नवलपरासीले अवैध रूपमा भन्सार छली गरी भित्र्याइएका लाखौ मूल्य बराबरका मोबाईल एसेसरीज सामान बरामद गरेको छ।

Screenshot

प्रहरीका अनुसार सुनवल नगरपालिका अन्तर्गत भूमही – भड़री स्थित प्रमिला यादवको घरमा लुकाइछिपाइ राखिएकोअवस्थामा मोबाइल ग्लास र एयरपड्स फेला पारिएको हो।

गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय,सुनवलको टोलीले उक्त मोबाईल एसेसरीज सामान बरामद गरेको जनाएकोछ।

बरामद गरिएको सामान मध्ये विभिन्न कम्पनीका करिब २२ हजार ५ सय थान मोबाइल ग्लास र २ लाख ८५ हजार मूल्यबराबरका १९० थान एयरपड्स प्रो रहेको प्रहरीले खुलाएको छ।

बरामद सामानको अनुमानित मूल्य करिब ८ लाख ४६ हजार रुपैयाँ रहेको सूचना अधिकारी एवं डीएएसपी

वीरदत्त पन्तले जानकारी दिए ।

बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार