
पश्चिम नवलपरासी।भन्सार छलि गरी ल्याइएको चार लाख मूल्य बराबरका सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयलाई बुझाएको छ । मंगलबार जिल्लाका विभिन्न स्थाहरूबाट अवैध रुपमा भन्सार छली ओसार-पसार भइरहेका चौपाया, लत्ताकपडा, मोबाईल, खाद्यन्न, सवारी साधन, बच्चाका खेलौना, ट्वाइलेटको कम्बोड सिट, चुरा, छालाको झोला, टि.भि. गरी ४ लाख चार हजार ४४० रुपैयाँ मूल्य बराबरको सामानहरू बरामद गरेको थियो ।
बरामद गरिएका सामानहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।




