३ कार्तिक २०८३, सोमवार

कराँते प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम प्रशिक्षकहरुलाई सुनवलमा सम्मान गरियो

पश्चिम नवलपरासी । गौतमबुद्ध खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल पश्चिम नवलपरासीका खेलाडी तथा टिम प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । गत पौष २६,२७ र २८ गते रुपन्देहीमा सम्पन्न अन्र्तराष्ट्रिय करातेँ प्रतियोगितामा नवलपरासी जिल्लाले २० गोल्डमेडल, ९ सिल्भर र १४ ब्रोन्ज सहित प्रथम हुन सफल भएका खेलाडी र प्रशिक्षकहरुलाई मंगलवार सुनवलमा एक कार्यक्रमका विच नेपाल कराँते महासंघ सुनवलले सम्मान गरेको हो ।

सितिरियो कराते संघका अध्यक्ष गोपी पुनको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्य, कराते महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिराम पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष प्रविन गुरुङ, वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष विर बहादुर गुरुङ्ग, रेशम न्यौपाने, टिम कोच नारायण गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो।

उक्त प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, भुटान सहित नेपालका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार