पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम सहित आज देखि
दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल-२०७९ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले समाज परिवर्तन गर्न शिक्षा र खेलकुदको महत्व रहेको बताए । उनले विधालयको गुणस्तरिय र भौतिक सुधारका लागि आफ्नो तर्फबाट सम्पुर्ण साथ र सहयोग रहने बताए ।


आगामी माघ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सुनवल नगर भित्रका २० वटा विधालयहरुको सहभागिता रहेको छ ।
विधालय व्यवस्थापन समितिका अधक्ष्य ज्ञानहरी अर्यालको अधक्ष्तामा भएको उद्दघाटन समारोहमा प्रदेश सभा सदस्य खड्ग वस्नेत सहित सुनवल नगर प्रमुख बिमला अर्याल, निवर्तमान नगर उपप्रमुख ददिराम अर्याल,जिल्ला खेलकुद बिकास समितिका उपाध्याक्ष रमेश कर्मचार्य,राप्रपा केन्दिय सदस्य देवि घिमिरे,विधालयका पुर्व अधक्ष्य एव सल्लाहकार बिष्णु पौडेल लगायतले कार्यक्रमको पुर्ण सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
आज पहिलो दिन मार्चपास, ४००/२०० मीटर दौड, हाई जम्प, लगायत का खेल भएको खेल संयोजक एवं विधालयका प्राचार्य खेमलाल जोशीले जानकारी दिए।

