
न्यूज फायर,सुनवल । द पायनियर इंलिस बोडिङ सेकेण्डरी स्कुल सुनवल नवलपरासीको २२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षता तथा प्याव्सन केन्द्रिय सचिव सुवणर् न्यौपानेको प्रम्ुाख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले विद्यालय र अभिभावक विचको सम्वन्ध जति सुमधुर हुन्छ त्यति नै शैक्षिक स्तर बढ्ने बताउनुभयो ।

स्थानिय सरकारको धारणा निजि विद्यालय प्रति पुर्वाग्राही रहेको बताउदै निजि विद्यालयबाट विद्यार्थी चोरेर आफ्नो रिजल्ट राम्रो बनाएको देखाउने प्रवृति सामुदायिक विद्यालयमा रहेको सचिव न्यौपानेले बताउनुभयो ।
विद्यालयका शिक्षक यादव भट्टराई र पुर्व अध्यक्ष यज्ञ प्रसाद पाण्डेको स्वगत मन्तव्य रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा नं १ का वडाध्यक्ष मनबहादुर थापा, प्याप्सन प्रदेश सचिव धनराज चापागाई, विद्यालयका पुर्व सञ्चालक अध्यक्ष यज्ञ प्रसाद पाण्डे, जिसन नवलपरासीका अध्यक्ष डम्मर गुरुङ उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, प्याप्स्न नवलपरासीका सल्लाहकार ईन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दीर्घसेवा र उत्कृष्ठ कर्मचारी, २०७८ को शैक्षिक पुरस्कार,विभिन्न विद्यामा उत्कृष्ठ विद्यालयबाट पास भई डक्टर इन्जिनियर शिक्षक र सरकारी पेशमा आवद्ध एवं अभिभावक खेलकुदमा उत्कृष्ठ हुनेलाई पदक एव्ां पुरस्कार प्रदान गरिएको थियो ।



