४ कार्तिक २०८३, मङ्लबार

वडा कार्यालय भित्र रहेको सिमलको रुख अबैध रुपमा काटियो

प्रकाश न्यौपाने , नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ मा सिमलको रुख अबैध रुपमा काटिको छ । रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी भइरहेको स्थानियले बताएका छन्।

जिल्ला बन डिभिजन कार्यालय पश्चिम नवलपरासीसग अनुमति नलिइ सिमल कटिएको थियो । रामग्राम नगरपालिका वार्ड नं ०१ मा पर्ने १४ कट्टा सरकारी जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वार्ड अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन् । मेयर र वडा अध्यक्षकै मिलेमतोमा रुख तस्करी गरिएको पाइएको छ ।

वडा कार्यालय परिसर भित्र रहेको हरियो सिमलको रुख काट्दा जनप्रतिनिधिले वास्ता नगर्दा मेयर धनपत यादव र वडा अध्यक्ष रुद्र प्रकाश उपाध्यायलको मिलोमतोमा अवैध तरिकाले हरियो रुख तस्करी भएको स्थानीयले आरोप लगाएका छन् ।

वडा कार्यालय परिसर भित्र रहेका सिमलको रुख काट्दै गर्दै ६ जना सहित १ टेयाकटर प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिल राम पौडेलले जनाकारी दिनु भयो । उहाका अनुसार -“व्यक्तिगत वा सार्वजनिक जग्गामा रहेका सिमलका रुख कानुनी प्रक्रिया पूरा गरेर मात्र बेच्न तथा कटान गर्न पाइन्छ, तर कानुनी प्रक्रिया नपुयाई काटिएको छ ।“ हरियो रुख काट्नको लागि वन कार्यालयबाट अनुमती नलिई मनोमानी तरिकाले काटेपछि स्थानीयले प्रहरी र वन कार्यालयलाई जानकारी गराएका थिए ।


वडा कार्यालय परिसरमा रहेका ८ वडा रुख काटिएको छ । जसमा २ वटा सिमल, २ वटा जामुन, ३ वटा आँप र २ वटा सिसम रहेको छ । लु ३ त २०५८ नम्बरको टयाक्टर समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । कटान गराउने ठेकेदारको नाम भने खुलेको छैन । पक्राउ परेकालाई छोड्न विभिन्न राजनीतिक दलका नेताहरको दबाब आएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार वन पैदवार हानी नोक्सानी अन्तर्गत नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार