न्यूज फायर, सुनवल। शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि सुनवल ५ बनकट्टीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्त दान गरेको कार्यक्रम संयोजक मिलन कुमार गुरुङले जानकारी दिनुभयो ।


संस्थाका अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले रक्तदान जिवन दान जस्तो पुण्य कार्य भएकाले यस्ता समाजिक कार्यले समाजमा सकारत्मक सन्देश दिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद तिवारी ,वडा नम्बर ३ का अध्यक्ष पविन गुरुङ, वडा नम्बर १३ का अध्यक्ष कृष्ण वगाले , कार्यापालिका सदस्य जुठी माया पुन मगर,वडा सदस्य ईच्छा बहादुर गुरुङ, सुनवल नगरपालिका का आर्थिक बिकास प्रमुख खेमराज ढकाल, संस्थापक अध्यक्ष तथा सल्लाहकार बखत बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष यम प्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अस्मिता लाकौलले गर्नु भएको थियो ।




