• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रबिधिमैत्री नगर अभियान – महिला कर्मचारी र जनप्रतिनिधिलाई अभिमुखिकरण

  •  
  • २०७९ फाल्गुन २४, बुधबार १८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल, सुनवल। आधुनिक प्रविधिको विकास संगै नगरलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सुनवल नगरपालिकाले महिला कर्मचारी र जनप्रतिनिधिहरुलाई सूचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

    ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सेवा प्रवाह र विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा नागरीकसंग सम्पर्कमा रहने नगरपालिकाका महिला कर्मचारी र जनप्रतिनिधि हरुलाई अभिमुखिकरण गरिएको हो ।

    कार्यक्रममा नगर प्रमुख विमला अर्यालले श्रमिक महिलाहरुको आन्दोलनबाट प्राप्त उपलब्धिको दिनको रूपमा आज अन्तराष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइएको बताउदै दिवसले श्रमिक महिलाहरुमा नवीन ऊर्जा थपोस् भनी शुभकामना व्यक्त गर्नुभयो । महिलाले क्षमता विकाश वृद्धि गर्दै समाज रूपान्तरणको दायित्व निर्वाह गर्नुपर्ने बताउदै यस किसिमका तालिम तथा कार्यक्रमले महिला कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विस्तारमा टेवा पुर्याउने भनाई राख्नुभयो ।

    कार्यक्रममा सुनवल वडा नं १का वडा अध्यक्ष मान बहादुर थापाले महिला मैत्री नगर घोषणा हुने चरणमा रहेकाले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले महिला उद्यम संकलन केन्द्र बन्दै गरेको र महिला बिद्यालय सञ्चालन हुने क्रममा रहेको भनाई राख्नुभएको थियो ।

    कार्यपालिका सदस्य एवं वडा नं ८ वडा सदस्य विनोद जंग खातीले प्रविधि र सूचनाको आवश्यकता बमोजिम सञ्चालन गरिएका विभिन्न कार्यक्रममा लक्षित महिला वर्ग नै उपस्थित नहुने जस्ता समस्याले आगामी दिनमा त्यसको उपलब्धी पनि सोचे अनुसार नहुने बताउनुभयो । आएका विभिन्न अवसरको लाभ लिन महिलाहरु नै जागरुक नहुनुले तालिमको औचित्य नभएको भनाई राख्नुभयो ।

    महिला बालबालिका शाखा प्रमुख केसरी गैरेले पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भए पनि पुरुषको तुलनामा भने महिलाको सहभागिता न्यून रहेको बताउनुभयो । देशको सर्वोच्च निकायहरुमा महिला नेतृत्व भए पनि प्रयाप्त नभएको उहाको भनाई छ ।

    सुनवल नगरपालिकाको आयोजनामा बालमैत्री सिकाई केन्द्रको सभाहलमा आयोजित सो कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    सूचना प्रबिधि अधिकृत कुमार विभोर्सीले प्रशिक्षण दिनु भएको उक्त कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सरिता शर्माले गर्नुभएको थियो।

    Post Views: 256

    प्रकाशित मिति: २०७९ फाल्गुन २४, बुधबार १८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.