५ भाद्र, नवलपरासी । एटिएम मेसिन फुटाएर रकम चोरी गर्ने एकजना किशोर पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भाद्र २ गते २१ बर्षीय अनिस तामाङलाई पक्राउ गरेको हो ।

रूपन्देही जिल्लाको बेलहिया नेपाल भारत सिमा नजिकबाट भारत तर्फ जाँदै गरेको अवस्थामा युवकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । २१ बर्षीय अनिस तामाङ पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्दै आएका थिए । प्रतिवादी तामाङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तामाङले श्रावण ३ गते बिहान कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.२६ अर्घौ चोक स्थित रहेको एनएमबि बैकको एटिएम बुथमा रहेको मेसिन फोरी रकम चोरी गरेका थिए । त्यस्तै त्यही दिन तामाङ्ले पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित एनआईसी एसिया बैकको एटिएम मेसिन फोर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । तामाङले चोरीमा १० प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेट समेत प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



