• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।

  •  
  • २०७९ भाद्र ६, सोमबार १४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ६ भाद्र, पोखरा ।  गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना २०७९/०८०” सम्बन्धी कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक जोशीले पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलयका प्रमुखहरुसंग भौतिक उपस्थितिमा हस्ताक्षर गर्नुभयो भने उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालय, विशेष सुरक्षा प्रहरी गण, नेपाल प्रहरी स्कुल तथा विपद् व्यबस्थापन गुल्म बाग्लुङ लगायतका कार्यलय प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्दा संगठनको सुदृढिकरण साथै परिणाममुखी प्रहरी सेवा प्रवाह गर्न मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।

    साथै, कार्यसम्पादनका क्रममा सेवाग्राहीलाई आचरणयुक्त र शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैह्र व्यवसायीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।

    शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कारवाहिमा चुस्तता, समुदाय प्रहरी साझेदारी कार्यक्रम बिस्तार, फैसला कार्यान्वयनमा प्रभावकारीता लगायतका बिबिध लक्ष्य निर्धारण गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य(सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

    यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको “कार्य सम्पादन सम्झौता पत्र २०७९” मा समेत प्रदेश प्रहरी प्रमुखसंग हस्ताक्षर भइसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    Post Views: 115

    प्रकाशित मिति: २०७९ भाद्र ६, सोमबार १४:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    नेपाल उद्योग परिषदले नवलपरासीमां ‘लगानीकर्तासँग अन्तरक्रिया गर्यों
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.