• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय गरी अघि बढ्दै नवलपरासीका स्थानीय तह

  •  
  • २०७९ चैत्र २२, बुधबार १८:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल ।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्र्तगत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढ्ने निर्णय भएको छ । आज सुनवल नगरपालिकाको आयोजनामा भएको अन्तरपालिका समन्वय वैठकमा शिक्षा, स्वास्थ्य, सुरक्षित नागरीक आवास कार्यक्रम, राजश्व परिचालन, रोजगारी सिर्जना, पर्यटन विकास, साझा भौतिक पुर्वाधार, वातावरण तथा उद्यम विकास, पशु तथा कृषि विकास, समावेसी विकास, नमुना कार्यक्रम, दिगो विकासमा आधारित अभियानमुखी कार्यक्रम,संयुक्त अनुगमन,अन्तरपालिका लगानी लगायत विषयमा समन्वय गर्ने गरी हस्ताक्षर समेत गरिएको छ ।

    स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन गरी उत्कृष्ठ र संमृद्धि हासिल हुने भन्दै सो निणर्य गरेको हो ।सुरक्षित नागरीक आवास कार्यक्रम अन्र्तगत यस आवमा स्वीकृत कार्यक्रम सम्पन्न गर्ने र उक्त कार्यक्रम संचालनमा केही द्धिविधा भएकोले कार्यविधि परिमार्जन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निणर्य पनि बैठकले गरेको छ ।

    वैठकमा शिक्षा, स्वास्थ्य, सुरक्षित आवास कार्यक्रम, भौतिक पुर्वाधार लगायत विषयमा पालिकाका कार्यसम्पादन अवस्था, समस्या र आगामी कार्ययोजनाका वारेमा समेत छलफल गरिएको थियो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पुर्व कानुन मन्त्री धु्रर्व बहादुर प्रधानले राम्रो र छिटो कार्यसम्पादन कसरी गर्ने सो विषयमा स्थानिय सरकारसंग समन्वय गर्दै विकासका कार्यकम अगाडि बढाउनु पर्ने बताउनु भयो। पछिल्लो कार्यको तत्काल समीक्षा गरी नियामक निकायसंग छलफल गर्नु पर्ने उहाको भनाई थियो । स्थानिय उत्पादन र विशेषतालाई प्राथमिकता दिनु पर्ने प्रतिनिधिसभा सदस्य प्रधानको जोड थियो । उहाले जनताको हितमा गर्ने हरेक काममा सहयोग रहने समेत बताउनु भयो।

    जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले विकास गतिविधिमा कुनै कसर नराखी जिल्ला समन्वयबाट गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालले सुनवलको हरेक क्षेत्रमा नगरले क्रमिक रुपमा विकास निर्माण कार्य अगाडि बढाईरहेको भन्दै पालिकाहरुमा रहेका समस्या पहिचान र समाधानका लागि सांसदहरुले पहल गर्नुपर्ने बताउनु भयो। जनताका काममा सम्पुणर् जनप्रतिनिधि,सांसदहरुको अर्थपूणर् सहभागिता रहेमा विकास निर्माणले तिव्रता पाउने बताउनुभयो ।

    रामग्राम नगरपालिका प्रमुख धनपद यादवले सुरक्षित आवास कार्यक्रम अन्र्तगत बजेट बढाउनु पर्ने तथा कार्यविधि संसोधन हुनुपर्ने बताउनुभयो । पाल्हीनन्दन गाउँपालिकाका प्रमुख बैजु प्रसाद गुप्ता र सरावल गाउँपालिकाका प्रमुख सुखाडी प्रसाद चौधरीले पनि आफ्ना पालिकामा भएका विकास निर्माण अवस्थाका वारेमा जानकारी गराउनुभएको थियो ।

    सामाजिक विकास समिति संयोजक भगवती बस्यालले स्वागत मन्तव्य राख्दै पार्टी भन्दा माथि उठेर समग्र विकास गतिविधिमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

    सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य, पालिकाका विपद् व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 220

    प्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार १८:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.