७ अशोज २०८३, बुधबार

एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता अव मावलीकै थरबाट


काठमाडौँ । एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन दिएको हो ।

एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो ।


‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए ती बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’ विभागको परिपत्रमा भनिएको छ ।

यस्तै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन पनि विभागले निर्देशन दिएको छ ।

विभागकको निर्देशन अनुसार बाबु पत्ता लागेको अवस्थामा मावलीको थरबाट पाएको जन्मदर्ता रद्द गरी नयाँ जन्मदर्ता लिन पाउनेछन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार