• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुरु भयो देशभर विद्यार्थी भर्ना अभियान

  •  
  • २०८० बैशाख ३, आईतवार १०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १ देखि ५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६ देखि १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको जनाएको छ । निजी मुद्रणले कक्षा १ देखि ५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन्।

    पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । केन्द्रका अनुसार हिजोसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् ।

    तराईका जिल्लामा पाठ्यपुस्तक पुर्याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पुर्याइसक्ने केन्द्रको दाबी छ ।

    विगतमा पाठ्यपुस्तक पुग्नै समय लाग्ने गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यसपटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक पुर्याउने बताउनुभयो । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुन सक्ने उहाँको भनाइ छ । विकट जिल्लाहरु हुम्ला, जुम्ला, कालीकोटमा पनि पाठ्यपुस्तक पुगिसकेको छ ।

    वैशाखको पहिलो हप्ताभित्र नै सबै जिल्लामा पुस्तक पुर्याउने सरकारको दाबी छ । देशभर सामुदायिक, संस्थागत र धार्मिक गरी ७२ हजार ८ सय ९५ वटा विद्यालय छन् । यी विद्यालयमा झण्डै ८१ लाख ६ हजार विद्यार्थी अध्ययनरत छन् ।

    Post Views: 148

    प्रकाशित मिति: २०८० बैशाख ३, आईतवार १०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.