२ अशोज २०८३, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने

काठमाडौँ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ । धुर्मुस-सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो। सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए।ती मन्त्रीका अनुसार उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ ।

साढे १२ करोड ऋण तिरेपछि सम्पूणर् स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ। जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको स्रोतले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार