
खुरसेद हजाम, नवलपरासी । निर्माणाधिन सडकको धुलोले पश्चिम नवलपरासीका स्थानीय हैरान भएका छन् । जिल्लाको प्रतापपुर गाउपालिका वडा नं. ६ हरपुर भन्सार चोक हुँदै सुस्ता गाउपालिका ३ सम्म बन्दै गरेको सडक खण्डमा ठेकेदारले पानी नखसाल्दा सडकको छेउमा रहेका बस्तिका स्थानीयजनता हैरान भएका हुन् ।

“धुलोले सडक दिउँसै देखिन्न” स्थानीय अलसगिर हजाम भन्नुहुन्छ “किनारका घरमा समेत बस्नै नसक्ने भएको छ ” । उहा भन्नुहुन्छ “पाकेको खान खान नसकिने भएको छ” । घरबाट बाहिर निस्कदा धुलोले केही नदेखीदा सडकमा आवतजावत गर्ने गाडीका कारण दुर्घटनाको जोखिम कायमै छ ।

स्थानीय भन्छन् “घरको झ्याल ढोका खोल्नै हुन्न धुलोले सासै फेर्न नसकिने भयोको छ”।
सडक फराकिलो पार्ने ठेक्का पाएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीले इन्जिनियरिङ काम गर्दा धुलो उडाउन नपाउने ठेक्का सम्झौतामै उल्लेख भए पनि सडकमा पानी नहालेका कारण यस्तो बिजोग भएको हो ।

पानी छरेर धुलो नियन्त्रण गर्न सकिन्छ । पानी छम्कन पटक-पटक भन्ने गरे पनि ठेकेदारले अटेरी गरेको छ । वातावरण अति प्रदूषित भएको छ । धुलो रहित बनाउन दर्जनौँ पटक स्थानीयले भने पनि ठेकेदारले र सुपरवाइजरले सुनेर पनि नसुने जस्तो गरेको र स्थानीयले पानी खसाल्न भन्दा इन्जिनियर र सुपरवाइजरले थर्काउने समेत गरेको आरोप स्थानीयले लगाए छन् ।
सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोज्दा आउन चाहेनन् ।
हरपुर भन्सार चोक देखि सुस्ता ३ सम्म सडक खण्डको १० किलोमिटर सडक फराकिलो पार्न ३ वर्षमा काम सकाउने गरि ठेक्का लिएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीले ८ महिना बितिसक्दा हाल २० प्रतिशत सम्म मात्र पूरा भएको छ ।


