३ कार्तिक २०८३, सोमवार

महाकवि देवकोटा क्याम्पसमा पुर्वविद्यार्थीहरुको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको महाकवि देवकोटा क्याम्पस सुनवलमा पुर्वविद्यार्थीहरुको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत स्नातक दोस्रो वर्षका विद्यार्थीहरुलाई आफ्नो शैक्षिक विषय अनुसार भविष्यमा कसरी जागिरे, उद्यमी, व्यवसायी हुन सकिन्छ भन्ने विषयमा पुर्वविद्यार्थीहरुले आफ्ना अनुभवहरु सुनाउनुभएको थियो ।

स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीहरुमा भविष्यमा कसरी आत्मनिर्भर हुने जस्ता कुराहरुले धेरै महत्व राख्ने हुनाले उनिहरुलाई के हुने कुन क्षेत्र रोज्ने जस्ता विषयमा दुविधा नहोस् भन्ने उदेश्यका साथ अनुभव आदानप्रदान कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा पुर्व विद्यार्थी लक्ष्मि ढकालले सहकारी, सुस्मिता पौडेलले लोक सेवा आयोग र वविन शर्मा चापागाईले शिक्षक सेवा आयोगका वारेमा आाफ्ना पे्ररणामुखी अनुभव सुनाउनुभएको थियो । स्नातक अध्ययनका क्रममा भविष्यलाई ख्याल गरी अहिले देखी नै पुर्व तयारी गर्नुपर्ने सुझाव सहित कार्यक्रम संचालन गरिएको शिक्षक हरिदत्त शर्माले बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार