१ अशोज २०८३, बिहिबार

बाबा बर्दगोरियामा १३ औं शताब्दीको पौराणिकता जोडिएको पुरातत्वको अनुमान

परासी । पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर परिसरमा उत्खनन गर्दा भेटिएका देवीको मुर्ति र कूदीएका कलात्मक ढुंगाले १३ औं शताब्दीको पौराणिकता जोडीएको पुरातत्व विभागले प्रारम्भिक अनुमान ग़रेको छ । किवदन्ती अनुसार शिवभक्त नन्दिकेश्वरको तपोभुमिका नामले परिचित पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा भेटिएका अवशेषको उत्खनन भइरहेको छ । पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन भैइरहेकोे हो ।

पुरातत्त्व विभागबाट आएको उपसचिव भाष्कर ज्ञवाली र जगत बहादुर कटुवाल सहितको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा पुराना वस्तुको भग्नावशेष फेला परेको हो। टोलीले दस दिनको उत्खननको क्रममा प्राचीन भग्नावशेष तथा पत्थर कुँदेर बनाइएका विभिन्न देवदेवीका आकर्षक मूर्तीका टुक्रा,इँटाका टुक्राहरू फेला परेको हो। उत्खननमा फेला परेका अवशेषहरू १६ औं शताब्दीको हुन सक्ने पुरातत्त्वविद भाष्कार ज्ञवालीले बताउनुभयो ।

मन्दिर क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका विषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन सुरु गरिएको पुरातत्त्वविद भष्कार ज्ञवालीले बताउनुभयो । प्रारम्भिक चरणमा मन्दिर क्षेत्रको ३ स्थानमा माटोको ढिस्कोका रूपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गर्न सुरु गरिएको र पछि अन्य स्थानमा पनि खन्न सुरु गरिने उहाँको भनाइ छ ।

यसअधि २०५२ सालामा नदि किनारमा फेला परेको सिद्धमात्रीका लिपी शैलिमा लिखित ताम्रपत्रमा १२१२ मिति भेटिएको भने त्यस ताम्रपत्रको सत्यताबारे खोजविन भैरहेको बताउदै त्यस ताम्रपत्रमा उल्लेख भए अनुसारको समयमा नेपालमा जयादित्य देव भन्ने राजाले राज गरेको कुनै प्रमाण फेला नपरेको हुदाँ ताम्रपत्र आफैमा सत्यता नदेखिएको हुदाँ पूनःताम्रपत्र अध्ययन गरिने ज्ञवालीले बताउनु भयो।


२०५२ सालमा मन्दीरको पश्चिम क्षेत्रमा रहेको भुमहि खोलामा स्नान गर्ने क्रममा स्थानीय मनि भट्टराईले ताम्रपत्र भेटाउनु भएको थियो।ताम्रपत्र तत्कालीन रामनगर गाविसका अध्यक्षको रोहवरमा प्रमुख जिल्ला अधिकारी मार्फत पुरातत्व बिभागमा पठाइएको थियो ।

बाबा बर्दगोरिया धाम बिकास क्षेत्रलाई २०६४ सालमा पुरातत्व बिभागले सुचिकृत गरेको थियो। बाबा बर्दगोरिया मन्दिरमा चुरे पहाडको काख हो अवस्थित छ यहाँ पूजाअर्चनाका लागि बार्है महीना भक्तजन आउँछन् । करिब २५० बर्ष पुरानो रहेको यस बाबा बर्दगोरिया धाममा दैनिक हवन पुजापाठ चलिरहेको छ ।
उत्खनन्का क्रममा प्राचिन दरवार मन्दिर रहेको भेटिएको बाबा बर्दगोरिया धाम विकास समितिका अध्यक्ष नरपती पाण्डेयले बताउनु भयो।

यस अगाडि मन्दिरको कम्पाउडका लागि जग खन्ने क्रममा देविका मुर्तिहरु भेटीएका थिए । मन्दिरको दाहिनेतर्फ पानभार नदि र बायातर्फ भुमही नदि बग्छन। उक्त क्षेत्रमा मामीसति सवरिया मन्दीर अमर पोखरी ताल छ । बाबा बर्दगोरिया र मामीसती सवरियाको इतिहास एउटै रहेको धार्मिक किवदन्तिमा जानकार बताउछन।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार