• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल १ नं.वडा कार्यालयको सेवा अव नवनिर्मित भवनबाट

  •  
  • २०८० असार ११, सोमबार १८:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ वडा कार्यालयले आज सोमवार देखी आफ्नै नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नगरको चालु आव २०७९/८० को नीति ,कार्यक्रम तथा बजेट अन्र्तगत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो ।

    नवनिर्मित प्रशासकिय भवनको आज सोमवार नगर प्रमुख विमला अर्यालले उद्घाटन गर्नुभयो । सो क्रममा नगर प्रमुख अर्यालले सुनवल नगरपालिकाले निशुल्क शिक्षाको वारेमा आगामी शैक्षिक सत्र देखी कक्षा ३ सम्म निशुल्क शिक्षाको प्रयास गरिरहेको बताउनुभयो ।

    नगर प्रमुख अर्यालले सवै वडा कार्यालयहरुले मुस्कान सहितको सेवा प्रदान गरी जनताको काम सहज र छिटो गर्न वडा कार्यालय एवं जनप्रतिनिधिहरु संग आग्रह गर्नुभयो । उहाले स्वास्थ्य शिक्षा तर्फ ल्याव स्थापनाका लागि भवन निर्माण भईसकेको र त्यसमा भिडियो एक्सरे , डाक्टर र इमरजेन्सी सेवा तत्काल सुनवलमा उपलब्ध गराउन प्रतिवद्ध रहेको र निकटमै सञ्चालन हुने बताउनुभयो ।

    सुनवल २ मा निर्मित शितभण्डारलाई आवश्यक पर्ने गरी उत्पादन बढाउने योजनामा नगरपालिकाले कृषि क्षेत्रमा मनग्य वजेट बिनियोजन गरीएको नगर प्रमुख अर्यालले बताउनुभयो ।

    उक्त ५ कोठे प्रशासकिय भवन एक कठ्ठा १५ धुरमा निर्माण गरिएको छ । भवनको कुल लागत ६५ लाख रहेको कार्यक्रमका अध्यक्ष एवं वडाअध्यक्ष मनबहादुर थापाले बताउनुभयो । उहाले हाल रहेको भवनमा स्थान अभावका कारणले विविध सेवाहरु प्रदान गर्न नसकिएको बताउदै नवनिर्मीत भवनमा अव वडा कार्यालयले प्रदान गर्ने सवै सेवाहरु प्रवाह गरिने बताउनुभयो ।

    कार्यक्रममा सम्पुणर् राजनैतिक दलका प्रमुखबाट नेपाली कांगे्रस सुनवल नगर कमिटि उपाध्यक्ष रमेश कर्माचार्यले संघीय सरकारबाट बजेट कम मात्रामा आएको हुदा नगरपालिकाले करको दायरा बढाएर विकास निर्माणलाई तिव्रता दिन आग्रह गर्नुभयो ।

    यस्तै जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले वडा नं १ नगरमै विकास निर्माणमा एक नं बन्न सकोस् भनी शुभकामना व्यक्त गर्दै जनतालाई उत्पादनमुलक क्षेत्रमा लाग्न पे्ररीत गर्नुपर्नेमा जोड दिनुभयो ।


    खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ लुम्विनी प्रदेश अध्यक्ष थान प्रसाद गैरेले सुनवलको विकास निर्माणमा विगतको ईतिहासलाई विर्सन नहुने बताउदै इतिहास विर्सिएमा आफुले आफैलाई पनि विर्सन सक्ने बताउनुभयो ।


    यस्तै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले नगरको चालु आव २०७९/८० को नीति ,कार्यक्रम तथा बजेट अन्र्तगत धेरै वडामा नया प्रशासकिय भवन निर्माण भईसकेको बताउदै समृद्ध सुनवल सुखी सुनवलवासी बनाउन वडा नै प्रविधिमैत्री हुनु पर्ने भएकाले नगरपालिकाले प्रविधिमैत्री वडा बनाउन लागी परेको बताउनुभयो ।


    कार्यपालिका सदस्य सिता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सदस्य प्रशुराम कवरले गर्नुभएको थियो । सो अवसरमा विभिन्न राजनैतिक दल, जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, विभिन्न संघसंस्था, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

    Post Views: 228

    प्रकाशित मिति: २०८० असार ११, सोमबार १८:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.