
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने हालसम्मका सबै काण्डको छानबिन भए औलामा गन्न सकीने नेता मात्र चोंखो रहने बताएका छन।

उनले आज नवलपरासी पश्चिमको बर्दघाटमा आयोजित रास्वपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्ने क्रममा उक्त विचार व्यक्त गरेका हुन। ‘सरकारले सबै काण्डको छानबिन गर्यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’, लामिछानेले बताए ।
उनले मधेश प्रतिको उनको व्यवहार फरक भएको भन्ने विषयमा स्पष्ट पारदई वैैवाहिक नागरिकता बाहेक अंगीकृतनेपालीका सन्तानले सहज किसीमले नागरिकता पाउनु पर्ने विषयमा आफु पहिले देखि नै प्रष्ट भएको बताएका छन ।

त्यस्तै उनले प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरुले नेता थन्क्याउने थलो भएको बताउदै प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको ज़िकिर गरे ।प्रदेश संरचनाबाट छिटफुट राम्रा कामहरु कहि कतै भएहोलान तर समग्रतामा प्रदेश सरकारको अर्थ र औचित्य नभएको उनले बताए । देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको नेता लामीछानेको भनाईं छ ।
देश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उहाँले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । ‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भन्नुभयो । लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।
देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उहाँले बताउनु भयो । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउनुभयो । रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताउनु भयो ।
आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोप को खण्डन गर्दै सभापति लामिछानेले बिगत देखिनै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गर्नु भयो । कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालको समेत उपस्थिति थियो ।




