• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ

  •  
  • २०८० श्रावण २६, शुक्रबार १८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+


    आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ
    आजभोलि विद्यार्थीसंग मलाई डर लाग्न थालेछ !

    म साथी, अभिभावक र सहजकर्ता हुँ भन्थे ।
    तिनका अभिभावकलाई अन्नदाता र देवता ठान्थे !
    कसैले गुरु, कसैले गोरु, कसैले साथी, कसैले घाती ठानेछन् ।
    सकारात्मक, पथप्रदर्शक र आदर्श ठान्नेहरु,
    पढी, लेखी, कानून र नियम मेरै विरुद्ध लेख्न थालेछन् ।
    मलाई शत्रु, किचकिचे, अवरोधक, बाधक ठान्नेहरु,
    भातृ संगठन, वडा, पालिका, जिल्ला र प्रदेशका नेता बनेछन्
    संघका नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति आदि बनेछन् ।
    ती सबैले मलाई कुजो बनाउने, बुझो कोचार्ने नीति लेखेछन् ।

    मैले अन्नदाता र देवता मान्ने अभिभावकसंग डर लाग्न थालेछ ।
    उहाँहरुले नसकेर, नमिलेर, नभ्याएर बच्चाहरुको जिम्मा लिएँ,
    विद्यालयमा म नै पूणर् अभिभावक हुँ भन्ठानी माया र साथ दिएँ,
    अब त हुर्की, बढी, पढी, मेरो जिम्मेवारी पूरा गरी बिदा दिएँ,
    अब मेरो प्रत्यक्ष साथ, सहयोग र जिम्मेवारी आवश्यक नपरेपछि
    मेरै विरुद्ध समिति, अनुगमनकर्ता, निर्देशक, सन्जाल बनेपछि,
    मलाई नै घोक्र्याउने, मुन्ट्याउने, ठेड्कोमा हाल्ने खाले
    नयाँ नीति नियम बनाउन, थप्न, लेख्न, थोपार्न थालेपछि
    तिनैहरुसंग भयाबित बन्ने अवस्था शृजना भएको छ ।

    पहिले लामडाँडे गल्ला बाजेले मलय र सिंगपुरे लाहुरेको छान्द
    सर्लक्क अग्लो, सबै इन्द्रिय दुरुस्त, तौल पुगेको, छाती फुकेको
    एसएलसी द्वितीय श्रेणीमा उत्तीणर् भएको अठार बर्षेलाई तान्द
    नेपालमा को बस्ने, स्वदेशी सेवक को बन्ने भनी मन पिरोलेको
    परदेश जान्न, आमाको सेवा गर्छु, अरु छैनन् भनी कसम खाँदा
    अध्ययन , स्वदेशी श्रोतसाधन, संस्कृति, भाषाको मोह बढेको
    शैक्षिक क्षेत्रलाई नै विकास र समृद्धिको मूल मेरुदण्ड मान्दा
    प्रचुर तयारी, भरमग्दुर प्रयास, अहोरात्र नवीनता खोजिरहेको
    उत्कृष्ट नतिजा दिँदा, आफ्नो वास्तविक ईच्छा मस्तै पूरा हुँदा
    पत्तो भएन पैंतीस कटेको, थाहै भएन दुई बीस कटिसकेको ।

    गाउँले राजाको नयाँ नियम जहाँ विद्यार्थी वा उनैका अभिभावक
    पल्लो गाउँको राजाको छु मन्तरकीवाला नियम अनि कार्यविधि
    ल्याप्छे, अधकल्चो, ऐठने, बेइमानी, स्वार्थी सबै नै नियमक
    परीक्षामा घाँटी तान्ने, पछाडी मुन्टिने, पोको खोल्नेको बेथिति
    बहु-बहु बर्षीय कार्यक्रम मा किस्तामा उत्तीणर् हुने नै निर्देशक,

    भर्ना र परीक्षा आवेदन एकैचोटि अनि परीक्षार्थीकै दादागिरी
    हड्डी जस्तो नखाने अनि फलत्त गलेको मात्रै खाने प्रशाशक

    यहाँ त्रैमासिक वा चौमासिक अत्ति थोरै बेतनमा मन बुझाउन
    बीसौं बर्षसम्मको निःशुल्क सशुल्क शिक्षाको व्याजमात्रै पनि
    नसकिने निस्तो तलब खान अनि निरीह निर्धो नयाँ प्राणी बन्न
    योग्य, दक्ष, कर्मठ, निष्ठवान, नयाँहरु ईच्छुक छैनन्् कोही पनि

    अनि कसरी उम्रला, हुर्कला, फुल्ला, फल्ला अनि मिल्ला खान?
    अनि कसरी बन्ला मैले सोंचे, चाहे अनि गरे जस्तो देश समृद्ध ?
    किनकि पढेका विद्यार्थीले लेखेको नीति नियम र कानून,
    अनि नपढेका विद्यार्थीले पारित गरेको छुरी, बन्दुक अनि बारुद,
    अनि फट्याइँ गर्न सिक्दै गरेका मेरै विद्यार्थीले गर्ने कार्यान्वयन !
    त्यसैले आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ ।
    त्यसैले आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ ।

    पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
    सुनवल -३, नदुवा, नवलपरासी पश्चिम

    Post Views: 117

    प्रकाशित मिति: २०८० श्रावण २६, शुक्रबार १८:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा कक्षा–३ को ‘क्लास डे प्रोग्राम’ भव्य रूपमा सम्पन्न
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.