आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ
आजभोलि विद्यार्थीसंग मलाई डर लाग्न थालेछ !

म साथी, अभिभावक र सहजकर्ता हुँ भन्थे ।
तिनका अभिभावकलाई अन्नदाता र देवता ठान्थे !
कसैले गुरु, कसैले गोरु, कसैले साथी, कसैले घाती ठानेछन् ।
सकारात्मक, पथप्रदर्शक र आदर्श ठान्नेहरु,
पढी, लेखी, कानून र नियम मेरै विरुद्ध लेख्न थालेछन् ।
मलाई शत्रु, किचकिचे, अवरोधक, बाधक ठान्नेहरु,
भातृ संगठन, वडा, पालिका, जिल्ला र प्रदेशका नेता बनेछन्
संघका नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति आदि बनेछन् ।
ती सबैले मलाई कुजो बनाउने, बुझो कोचार्ने नीति लेखेछन् ।
मैले अन्नदाता र देवता मान्ने अभिभावकसंग डर लाग्न थालेछ ।
उहाँहरुले नसकेर, नमिलेर, नभ्याएर बच्चाहरुको जिम्मा लिएँ,
विद्यालयमा म नै पूणर् अभिभावक हुँ भन्ठानी माया र साथ दिएँ,
अब त हुर्की, बढी, पढी, मेरो जिम्मेवारी पूरा गरी बिदा दिएँ,
अब मेरो प्रत्यक्ष साथ, सहयोग र जिम्मेवारी आवश्यक नपरेपछि
मेरै विरुद्ध समिति, अनुगमनकर्ता, निर्देशक, सन्जाल बनेपछि,
मलाई नै घोक्र्याउने, मुन्ट्याउने, ठेड्कोमा हाल्ने खाले
नयाँ नीति नियम बनाउन, थप्न, लेख्न, थोपार्न थालेपछि
तिनैहरुसंग भयाबित बन्ने अवस्था शृजना भएको छ ।
पहिले लामडाँडे गल्ला बाजेले मलय र सिंगपुरे लाहुरेको छान्द
सर्लक्क अग्लो, सबै इन्द्रिय दुरुस्त, तौल पुगेको, छाती फुकेको
एसएलसी द्वितीय श्रेणीमा उत्तीणर् भएको अठार बर्षेलाई तान्द
नेपालमा को बस्ने, स्वदेशी सेवक को बन्ने भनी मन पिरोलेको
परदेश जान्न, आमाको सेवा गर्छु, अरु छैनन् भनी कसम खाँदा
अध्ययन , स्वदेशी श्रोतसाधन, संस्कृति, भाषाको मोह बढेको
शैक्षिक क्षेत्रलाई नै विकास र समृद्धिको मूल मेरुदण्ड मान्दा
प्रचुर तयारी, भरमग्दुर प्रयास, अहोरात्र नवीनता खोजिरहेको
उत्कृष्ट नतिजा दिँदा, आफ्नो वास्तविक ईच्छा मस्तै पूरा हुँदा
पत्तो भएन पैंतीस कटेको, थाहै भएन दुई बीस कटिसकेको ।
गाउँले राजाको नयाँ नियम जहाँ विद्यार्थी वा उनैका अभिभावक
पल्लो गाउँको राजाको छु मन्तरकीवाला नियम अनि कार्यविधि
ल्याप्छे, अधकल्चो, ऐठने, बेइमानी, स्वार्थी सबै नै नियमक
परीक्षामा घाँटी तान्ने, पछाडी मुन्टिने, पोको खोल्नेको बेथिति
बहु-बहु बर्षीय कार्यक्रम मा किस्तामा उत्तीणर् हुने नै निर्देशक,
भर्ना र परीक्षा आवेदन एकैचोटि अनि परीक्षार्थीकै दादागिरी
हड्डी जस्तो नखाने अनि फलत्त गलेको मात्रै खाने प्रशाशक
यहाँ त्रैमासिक वा चौमासिक अत्ति थोरै बेतनमा मन बुझाउन
बीसौं बर्षसम्मको निःशुल्क सशुल्क शिक्षाको व्याजमात्रै पनि
नसकिने निस्तो तलब खान अनि निरीह निर्धो नयाँ प्राणी बन्न
योग्य, दक्ष, कर्मठ, निष्ठवान, नयाँहरु ईच्छुक छैनन्् कोही पनि
अनि कसरी उम्रला, हुर्कला, फुल्ला, फल्ला अनि मिल्ला खान?
अनि कसरी बन्ला मैले सोंचे, चाहे अनि गरे जस्तो देश समृद्ध ?
किनकि पढेका विद्यार्थीले लेखेको नीति नियम र कानून,
अनि नपढेका विद्यार्थीले पारित गरेको छुरी, बन्दुक अनि बारुद,
अनि फट्याइँ गर्न सिक्दै गरेका मेरै विद्यार्थीले गर्ने कार्यान्वयन !
त्यसैले आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ ।
त्यसैले आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ ।
पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
सुनवल -३, नदुवा, नवलपरासी पश्चिम



