
सुनवल । उद्योग वाणिज्य सघँ सुनवलका नवनिवार्चित पदाधिकारीहरुले आज एक कार्यक्रमका विच सपथ ग्रहण गरेका छन् । यहि भाद्र २ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समिति संयोजक लेखनाथ गौतमको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रथम नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

निर्वाचन समिति संयोजक गौतमले नवनिर्वाचित अध्यक्ष रमेश कर्मचार्यलाई सपथ गराउनुभएको थियो भने अध्यक्ष कर्मचार्यले कार्यसमिति र लेखा समितिलाई सपथ गराउनुभएको थियो ।

सपथ ग्रहण सँगै नवनिर्वाचित अध्यक्ष कर्मचार्यले उद्योग वाणिज्य सँघको पुराना योजनाहरु पुरा गर्दै उद्योगी व्यवसायी र व्यापारीहरुको हक हितका लागी नयाँ नयाँ योजनाका साथ कार्यसमिति अघि वढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रथम नगरप्रमुख भिमवहादुर थापाले समग्र विकासको लागी निजी क्षेत्र वलियो हुनु पर्ने बताउनुभयो । निजि क्षेत्र वालियो नहुँदा नेपालको अर्थतन्त्र नै धरापमा परेको समेत जिकिर गर्नुभयो ।
त्यस्तै उद्योग वाणिज्य महासँघ केन्द्रिय समिति सदस्य केशव भण्डारीले निजि क्षेत्रको संरक्षण र सम्वद्र्धनमा जोड दिनुभयो । त्यसका लागी सरकारले विशेष भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो । साथै वर्तमान अवस्थालाई पार गर्न सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
त्यस्तै देवदह उद्योग वाणिज्य सँघका अध्यक्ष हरी भण्डारीले उद्योगी ब्यवसायी र व्यापारीहरु मिलेर अगाडी वढ्नुपर्ने बताउनुभयो । त्यसका लागी देवदह उद्योग वाणिज्य सँघ तयार रहेको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य सँघ नवलपरासीका महासचिव तारा अचार्य, उद्योग वाणिज्य सँघ वर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, सुनवल क्षेत्रका विभिन्न पेशागत संघ संगठन तथा व्यवसायीहरुको उपस्थीति रहेको थियो ।



