
सुनवल । सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुल सुनवल-४ नवलपरासीमा विद्यार्थीहरुलाई रक्षा बन्धनको राखी बनाउन सिकाईएको छ । साप्ताहिक कार्यक्रम अन्र्तगत आज शुक्रवार कक्षा १ देखी ९ सम्मका विधार्थीहरूलाई सिप सिकाउने क्रममा नजिकिदै गरेको रक्षा बन्धनको अवसर पारेर राखी बनाउन सिकाइएको हो ।


यसै गरी कक्षा १० का विधार्थी नानिबाबुहरूले विज्ञान सम्बन्धि रोचक कार्यहरू जस्तै ग्रास कटर, डोजर जस्ता कार्य गराईएको थियो । यसै गरी सोहि कक्षा १० का विधार्थीहरूले आफ्ना कक्षा कोठामा आफै रंग पनि लगाएका थिए । विधार्थीहरूलाई पढाईको अलावा उनिहरूलाई सिपमुलक शिक्षा प्रदान गरिएको प्रिन्सिपल पदम चन्द ठकुरीले बताउनुभयो ।



