• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उपभोक्ताहरुको आर्थिक उपार्जनका लागि नया योजना : प्रदेश सभा सदस्य बस्नेत

  •  
  • २०८० भाद्र ८, शुक्रबार १८:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल, सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले वन समुहले वन पैदावार उत्पादन मात्र नभएर उपभोक्ताहरुको आर्थिक उपार्जनको पक्षमा नयाँ तरिकाले नयाँ योजना ल्याउनु पर्ने बताउनुभएको छ । मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवल ४ नवलपरासीको आव २०७९/०८० को कार्य प्रगति तथा लेखापरीक्षण सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य बस्नेतले प्राकृतिक स्रोत साधनहरुको दोहनलाई रोकी प्राकृतिक स्रोतहरुबाट पनि आय आर्जन गरी समाज विकास गर्न सकिन्छ भन्दै त्यसका लागि सम्बन्धित निकायसंग छलफल चलिरहेको बताउनुभयो ।

    प्रयाप्त काठ उपलब्ध हुँदा हुँदै पनि फरक विकल्प खोज्नु पर्ने अवस्थाको अन्त्यका लागि काठ सुलभ मुल्य, सहज तरिका र सरल प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा उहाको जोड थियो । ढलेर, लडेका काठहरुको सही सदुपयोग गर्न नसकिनु समस्या रहेको भन्दै प्रदेश सांसद बस्नेतले हरियो वन नेपालको धनलाई नारामा मात्र सीमित राख्न नहुने र आफूले राज्य र नीतिलाई मात्र दोष नदिएर हरेक व्यक्ति आफू आफ्नो ठाउँबाट जिम्मेवार हुनु पर्ने बताउनुभयो।

    सुनवल २ स्थित होटल रिबोर्नको सभाहलमा एक कार्यक्रमका विच वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले गत वर्षको आर्थिक कार्य प्रगति तथा आगामी कार्ययोजनाका बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा विशिष्ठ अतिथि डिभीजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले गत वर्ष १० वटा वनलाई रुख कटानको लागि स्वीकृति दिएको भन्दै वर्ष भरिका काम कारबाहीहरुको बारेमा सवै समक्ष सार्वजनिक गर्दा सुशासन कायम हुने बताउनु भयो । स्थानिय तहसंग समन्वय गरेर काम गर्ने भन्दै उहाले हर क्षेत्रबाट योगदान गर्ने र वन विकास गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा सुनवल वडा नं ४ का वडा अध्यक्ष बाल कृष्ण पंगेनीले सार्वजनिक सुनुवाई जस्ता विभिन्न कार्यक्रमका नाम धेरै फजुल खर्च गर्न नहुने भन्दै स्थानिय तहसंग सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

    यस्तै महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले वनमा आगो लागि हालेमा निभाउनका लागि सुनवलमा दमकल नरहेकाले स्थानिय तहसंगको समन्वयमा दमकलको व्यवस्था गर्नुपर्ने बताउनुभयो । वनले प्राविधिक ल्याएर नर्सरी सञ्चालन गर्ने, वाल उद्यान पार्क, लगायत योजना बनाउनु पर्ने सुझाव पनि दिनुभयो ।

    कार्यक्रममा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, जन उदय सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष बल बहादुर थापा, मिलिजुली आमा समुह अध्यक्ष ज्ञानु गौतम, उमाकान्त उपाध्याय ,सहिद विष्णु पाण्डे प्रतिष्ठानका अध्यक्ष लोक प्रसाद श्रेष्ठ, उपभोक्ता रेशमलाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    उपाध्यक्ष प्रभु लाल मोर्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव समीक्षा सिन्जापतिले गर्नु भएको थियो।

    Post Views: 225

    प्रकाशित मिति: २०८० भाद्र ८, शुक्रबार १८:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • २. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ४. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ५. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.