१ अशोज २०८३, बिहिबार

साहित्य परिषद्, नवलपरासीको ६५ औं पदचाप परासीमा सम्पन्न

ऋचा गुरुङ,सुनवल । साहित्य परिषद्, नवलपरासीको ६५ औं मासिक घुम्ति साहित्यिक शृङ्खला आज परासीमा सम्पन्न भएको छ । सरस्वती मा वि, रामग्राम-१२, शान्तिचौर, परासीमा परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साहित्यिक कार्यक्रममा सहभागि विद्यालयका ३२ जना विद्यार्थीहरुलाई गजल र मुक्तक सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो ।

कार्यक्रममा सर्जकहरु डा. श्यामप्रसाद न्यौपाने, भविश्वर पराजुली, नैनादेवी बस्याल, मैना सुवेदी, पुराण गुरुङ्ग, सन्तोष पाण्डे, सागर बि क, रामहरि अधिकारी, कश्याप बिश्वकर्मा, कपिलदेव पंगेनी लगायतले गजल, मुक्तक, लघु कथा, गीत, हाइकु, कविता लगायत आफ्ना रचनाहरु प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रमको संयोजन लुम्बिनी वाङ्गमय प्रतिष्ठानक अध्यक्ष अर्जुन पाण्डेले गर्नुभएको थियो भने परिषद्का सदस्य काशीराम पाण्डेले कार्यक्रमको समीक्षा गर्नुभएको थियो । विद्यार्थी लक्ष्मी ठाकुर र सोही विद्यालयका नेपाली शिक्षिका दमयन्ती कुँवरले कार्यक्रमको बारेमा प्रतिक्रिया तथा परिषद्का सचीव यमजीत मल्लले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार