
सुनवल । रमवापुर माध्यमिक विद्यालय सुनवल ४ नवलपरासीले टोल शिक्षा सुधार समिति गठन गरेको छ । आफ्नो सेवा क्षेत्रमध्ये सुनवल ४ मच्छरमारा टोलमा आज एक भएको अभिभावक भेलाले टोल शिक्षा सुधार समिति गठन गरेको हो । अभिभावक पुजा बस्नेतको संयोजकत्वमा ३ सदस्सिय टोल शिक्षा सुधार समिति सर्वसम्मत चयन गरिएको छ ।


टोल टोलमा शिक्षा सुधार समिति गठन गर्ने कार्यले समाज र विद्यालय विचको सम्वन्ध अझ गाढा हुने र थप शैक्षिक स्तर बृद्धिलाई टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक फानप्रसाद श्रेष्ठले बताउनुभयो ।
सल्लाहकार सदस्य एवंम अभिभावक यमप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि सीता पौडेल,शिक्षक अभिावक संघका सदस्य विनोद पौडेल र शिक्षक प्रतिनिधि शंकरमणि पाण्डेको सञ्चालन रहेको उक्त कार्यक्रममा ५० जना भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो ।



