• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

किताबमा माेटाे कमिसन, ज्ञान दिने गुरूले नै ठगे विद्यार्थी, , वर्दघाट नगरपालीका बन्याे रमिते..

  •  
  • २०८० भाद्र १३, बुधबार ००:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    Enter

    भदौ १२ गते नवलपरासी । शैक्षिक शत्र सुरु भए लगतै विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने स्थानिय सरकारकाे निति छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको नवजीबन माद्यामिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको ५ महिना हुँदा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।

    बर्दघाट नगरपालिकाले पुस्तक खरिदका लागि शैक्षिक शत्रको सुरुमै नगरभित्रका विद्यालयलाई रकम पठाए पनि हाल सम्म विद्यार्थीले भने पुस्तक पाउन नसक्दा उनीहरूकाे भविष्यमाथी गम्भिर खेलबाड भैरहेको स्पस्ट छ ।

    वर्दघाट ४मा रहेकाे नवजीबन मावीमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैँया नगरपालिकाले निकासा गरेको हो तर विडम्वनाकाे कुरा विद्यार्थीहरुले किताब बिना नै प्रथम त्रैमासिक परिक्षामा सामेल हुन वाध्य भएकाे विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो ।

    उहाँ का अनुसार यस विद्यालयमा उहा आएको धेरै भएको छैन अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक दिनुपर्नेमा हालसम्म विद्यार्थीले पाएका छैनन् ।

    विद्यालयमा आएको रकम प्र.अ. पाैडेलकाे निजि पुस्तक पसलका नाममा निकासा भैसकेको छ तर पसलबाट पुस्तक भने कहिले आइपुग्ने हाे कुनै अत्ताे पत्ताे छैन् ।

    निकासा भएको रकम विद्यालयका तत्कालिन प्रधानाध्यापक अर्जुन पौडेलले पौडेल पुस्तक पसल नामकाे आफ्नै पुस्तक पसलका नाममा रकम निकासी गराउनुभयो ।

    समयमा नै रकम निकासी लिएका पौडेलले किताब भने विध्यार्थीले प्रथम त्रैमासिक परीक्षा दिइसक्दा सम्म पनि उपलब्ध गराउनु भएको छैन । अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक उपलब्ध गराउनुपर्ने भएपनि हाल सम्म उपलब्ध गराईएको छैन ।

    कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले अहिले सम्म पाउन सकेका छैनन् । गत साउन सम्म आफै प्रअ रहेका पौडेलले केही विद्यार्थीहरुलाई किताब दिन बाँकी रहेको स्विकार्नुभयो । उहाँ भन्नुहुन्छ “ केहि कक्षाका केही किताबहरु आउन बाँकी थिए अहिले पसल मैले हेर्दिन मेडम (श्रीमती) वा बाबु(छाेरा) लाई थाहा होला ।” किताब नपाएको स्विकारेका पौडेलले सोमबार मात्रै कक्षा ६ र ७ का किताबहरु विद्यालयमा पठाउनु भएको छ ।

    पौडेल हाल नवजीवनबाट सरुवा भै वडा नम्बर १३ मा रहेको दुर्गा आधारभुत विद्यालयमा प्रधानाध्यापक कै रुपमा कार्यरत हुनुहुन्छ । झण्डै आधा शैक्षिक शत्र हुनलाग्दा समेत विद्यार्थीले पुस्तक नपाउनु गम्भिर विषय भएको सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ बताउनुहुन्छ ।

    संयोजक भिमकाजी गुरुङका अनुसार केही दिन भित्रै प्रअको बैठक डाकीने र यस विषयमा गम्भिरताका साथ छलफल गराईनेछ ।” पाठ्य पुस्तक नपाएको गुनासो नगरमा आएपछि नगर प्रमुख सम्भुलाल श्रेष्ठले विद्यालय प्रशासन संग सोधपुछ गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ अहिले सम्म पाठ्यपुस्तक नपाएको गुनासो आएपछि मैले तत्काल प्रअलाई फोन गरी जानकारी लिँए । केही दिन भित्रमा दुवै प्रअलाइ बोलाइ छलफल गरी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोषिलाई कारवाही गर्छौ ।

    नगर शिक्षा व्यवस्थापनकाे पूर्ण जिम्मेवारी वाेकेकाे नगरपालीकाले पुस्तक विनानै विद्यार्थीले त्रैमासिक परिक्षा दिइरहदा समेत प्रधानाध्यापककाे पुस्तक कमिसनकाे खेलाे हुदा समेत नगरपालीका रमिते वनेकाे अभिभावककाे गुनासाे छ ।

    Post Views: 141

    प्रकाशित मिति: २०८० भाद्र १३, बुधबार ००:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.