
पुराण गुरुङ्ग, सुनवल। नेपाल इङ्ग्लिश ल्याङ्वेज टिचज् एसोसिएसन नेल्टा परासी ब्रान्चले भगवती मा वि सुनवल -५, वनकट्टीमा एक दिने शैक्षिक कार्यशाला सम्पन्न गरेको छ । सुनवल र रामगा्रम नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तहसम्मका अंग्रेजी शिक्षकहरूको शैक्षिक प्रस्तुतिलाई प्रस्फुटन तथा वृत्ति विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५१ जना शिक्षकहरूको सहभागीता रहेको थियो ।


उक्त कार्यशालालाई ज्योति मा वि अस्नैयाका शिक्षक तथा नेल्टा नवलपरासीका सहसचिव पुराण गुरुङ्ग, विद्यासागर इङ्गिलश बोर्डिङ स्कुलका प्रिन्सिपल एवं नेल्टा, नवलपरासीका सदस्य चोलाकान्त रेग्मी र दाउन्नेदेवी बर्दघाटका शिक्षक तथा नेल्टा नवलपरासीका उपाध्यक्ष कृष्ण अधिकारीले कार्यशालाको सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले आफ्ना पेशागत अभिवृद्धिमा यस प्रकारको कार्यक्रमले अतुलनीय सहयोग गर्ने र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरंतरता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता र सुनवल नगरपालिका, शिक्षा शाखाका अधिकृत पशुपति भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालामा नेल्टाले गरेको कार्यक्रमको सह्राना गर्दै आगामी दिनमा शिक्षा शाखाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।



