• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीका जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी, दुई हप्ता सम्म पनि पक्राउ परेनन्

  •  
  • २०८० भाद्र २८, बिहीबार ००:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     प्रकाश न्यौपाने / नारायण भण्डारी भदौ २७  नवलपरासी ।

    नवलपरासी स्थित गण्डक नहर क्षेत्रका रूखहरूको अबैध कटानका विषयमा प्रतापपुर गाउँपालिकाका केहि जनप्रतिनिधिहरूका विरुद्ध पक्राउ पुर्जी जारी भएको दुइ हप्ता सम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

    एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले प्रतापपुर गाउपालिका वडा न ९ मा पर्ने गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा कटान गरेको मुद्दामा नवलपरासी जिल्ला अदालत परासीले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थिये ।

    पक्राउ पुर्जी जारी हुने जनप्रतिनिधिहरूमा प्रतापपुर गाउँपालिकाका कार्यपालिका सदस्य खेम नारायण चौधरी, वडा नम्बर ९ का वडा सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दश बहादुर चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको दुई हप्ता वितिसक्दा पनि पक्राउ परेका छैनन् । अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भन्दै भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो ।

    वनसंग जोडिएको विषय भएकोले पक्राउ गर्नका लागि वनका कर्मचारीहरुको सकृयता नभएको प्रहरीको भनाई छ । पक्राउ गर्ने कार्यमा सहयोग गरिदिन पत्राचार गर्दा पनि प्रहरीले तदारुपता नदेखाएको वन कार्यालयले बताएको छ । पक्राउ पुर्जी जारी हुनेहरु जनप्रतिनिधि भएकै कारण विभिन्न बाहानाबाजी बनाएर पक्राउ गर्न ढिला गरेको स्थानिय बताउँछन् । “विभिन्न बाहाना गराई वनले प्रहरीलाई देखाउने र प्रहरीले वनलाई देखाउने गर्दै बाहानाबाजी गरीरहेका छन ।”

    प्रतापपुर ०९ निवासी एक स्थानियले भने । कटान छपान स्विकृति नलिई रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाहीको प्रकृया अगाडि बढाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पक्राउ आदेश जारी गरेसंगै डिभिजन वन कार्यालयले सक्रियता देखाउनु पर्नेमा कार्यालयले प्रहरीलाई पत्राचार गरी सहयोग गरिदिन आग्रह गर्नु बाहेक थप कार्य केही पनि गरेको छैन । डिभिजन वन कार्यालयका नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र वाग्लेले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “पक्राउ गर्न हामीले भदौ १५ गते प्रहरीलाई पत्राचार गरेका छौं । प्रहरीले खोजी गर्दै होला । ” पक्राउ कार्यमा खट्नु पर्ने वन कार्यालयका प्रमुख नै प्रहरी तर्फ देखाएर तर्किएका छन् । पक्राउ पुर्जी जारी भएको दुइ हप्ता वितिसक्दा पनि वनले फरार मानिसहरुलाई पक्राउ गर्न कुनै पनि पहल गरेको छैन ।

    वन कार्यालयले प्रहरीले पक्राउ गर्ने बताईरहँदा वनले पक्राउ गर्ने सक्रियता देखाए आफुहरु सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ “वनले हामीलाई पत्र पठायो तर त्यसपछि कुनै सक्रियता देखाएको छैन । वन कार्यालयका साथिहरु अगाडि लागे प्रहरी सहयोग गर्न तयार छ ।” गण्डक नहर क्षेत्रमा लगाईएका ४९ वटा रुख काटिएको विषय विवादित भए संगै अदालत बाट पक्राउ पुर्जी जारी गर्ने सम्म पुगेको छ । काटिएका रुखहरु वडा नम्बर ९को कार्यालयको जिम्मामा रहेको छ ।

    Post Views: 157

    प्रकाशित मिति: २०८० भाद्र २८, बिहीबार ००:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.