• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अन्तराष्ट्रिय शान्ति दिवस : घरेलु हिंसा न्यूनीकरणका लागि संवाद तथा सांस्कृतिक आदान प्रदान कार्यक्रम

  •  
  • २०८० आश्विन ५, शुक्रबार १८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल । पश्चिम नवलपरासीमा पनि अन्तराष्ट्रिय शान्ति दिवश विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विहिवार सुनवल सामुदायीक विकास केन्द्र तथा युनाईटेड मिसन टु नेपालको आयोजनामा सुनवल स्थित लोटस रिसोर्टमा घरेलु हिंसा न्यूनीकरणका लागि संवाद तथा सांस्कृतिक आदान प्रदान कार्यक्रम गरिएको थियो।

    विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय बैजनाथ जैसवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जयसवालले पछिल्लो समय विश्व नै आतंकित भएको अवस्थामा हाम्रो देश नेपालमा पनि विविध गतिविधिले जनतामा नकारात्मक असर गरिरहेको भन्दै युवाहरु सकृय रुपमा लागेमा समाजमा शान्ति स्थापना गरी समृद्धि हासील गर्न सकिने बताउनुभयो । युवाहरुले आफ्नो मनदेखि नै शान्तिको बाटोमा हिड्छु, मैले कसैलाई हिंसा गर्दिन, सबैलाई समान व्यबहार गर्छु भन्ने प्रण लिनु पर्ने उहाको भनाई थियो । प्रदेश सभा सदस्य जयसवालले पाल्हिनन्दन गाउपालिकामा उच्च शिक्षाको लागि आफुले पहल गर्ने र बेटि पढाउ बेटि बचाउ अभियानमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले विभिन्न समुदाय, बीच गर्दै आएको माया सद्भावलाई निरन्तरता दिदै शान्ति कायम गर्नुपर्ने र सबै स्थानिय तहबाट मिलेर शान्ति स्थापना कार्यमा काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष सकिना फतीमा खातुन अन्सारी, सुनवल वडा नं १ वडा अध्यक्ष मान बहादुर थापा, विकास केन्द्रका पूर्व अध्यक्ष सञ्जय कुमार श्रेष्ठ लगायतले शान्तिको अभियानमा जुटी रहँदा आत्मशान्ति, परिवार शान्ति र समाज शान्ति को लागि जुट्न युवालाई आग्रह गर्नुभयो ।


    कार्यक्रममा धर्म गुरु श्री कान्त सिलवाल र ताजुद्धिन अन्सारीले जब सम्म घरमा शान्ति हुँदैन तब सम्म समाज समृद्ध नहुने समाजमा शान्ति स्थापना गर्न र धार्मिक सहिष्णुता कायम गर्न युवा शक्तिको भूमिका महत्वपुणर् भएको बताउनुभयो । समाजमा घरेलु हिंसा न्यूनीकरणका लागि आफुहरुले प्राथमिकता दिएको र मेल मिलापको माध्यमबाट काम गरिरहेको भन्दै धर्मको नाममा झगडा गर्न नहुने बताउनु भयो।

    सो अवसरमा विभिन्न जातजाति, भाषा भाषी, समुदायका विच गायन तथा नृत्य प्रस्तुति र घरेलु हिंसा तथा दाईजो प्रथा बिरुद्दको नाटक प्रस्तुत गरिएको थियो । सुनवल सामुदायीक विकास केन्द्रले युनाईटेड मिसट टु नेपालको सहयोगमा पाल्हिनन्दान र सरावल गाउँपालिकाका विभिन्न वडामा परियोजनाहरु सञ्चालन गरेको छ ।

    कार्यक्रममा सचिव जय राम बस्यालले संस्थाले गरेको प्रगती विवरण र आर्थिक बर्ष ०८०/०८१ को कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण पाण्डेले गर्नु भएको थियो।

    Post Views: 216

    प्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार १८:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.