• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बुटवल—नारायणगढ सडक ठेकेदारको क्याम्प घेराऊ, निर्माण सामग्रीको भुक्तानी नपाएका ब्यावसायी आक्रोशित

  •  
  • २०८१ कार्तिक १४, बुधबार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भूमही / नर्किय-यात्राका कारण चर्चित बनेको बुटवल—नारायणगढ–सडक खण्ड विस्तार आयोजनालाई निर्माण सामग्री उपलब्ध गराएका भूमहीका व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएकोमा आक्रोशित भई ठेकेदारको क्याम्प घेराऊ गरेका छन् ।


    निर्माणाधीन सडक़ आयोजनाको पश्चिम खण्ड रानीपाकड़ स्थित कार्यालयमा प्लेकार्डसहित तत्काल बक्यौता रकम भुक्तानीको माग गर्दै व्यवसायी मंगलबारदेखि आन्दोलित भई क्याम्प घेराऊ गरेका हुन् ।

    चैत महिनादेखि ठेकेदार कम्पनी चाइना स्टेटले भुक्तानी नदिंदा व्यवसायी मर्कामा परेको उनले सुनाए । व्यवसायीले १५ दिनभित्र भुक्तानी नदिएमा थप संघर्षको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि पटक–पटक कार्यालयमा धाउँदा पनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ ।

    ढुंगा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ८० करोड, पेटी ठेकेदारको १५ करोड र ढुवानीका लागि प्रयोग भएका सवारी साधनको ६ करोड गरेर १ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीको भनाई छ ।

    व्यवसायीलाई उधारो रकम भुक्तानी नदिएको ठेकेदारले वर्षाको कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडक खण्डको काम अझै सुरु गरेका छैनन् । तेस्रो पटक थप भएको म्याद तीन महिना सकिंदा पनि काम सुरु नहुँदा यो खण्डको यात्रा थप कष्टकर बन्दै गएको छ ।

    सम्झौता अनुसार काम भएको भए २०७५ चैतबाट सुरु भएर २०७९ साउनमा निर्माण सम्पन्न हुने थियो । तर, कोरोना, निर्माण सामग्रीको अभावजस्ता कारण देखाएर ठेकेदारले पर्याप्त जनशक्ति परिचालन नगर्दा सडक निर्माण अहिले पनि अलपत्र छ । पहिलो पटक २०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो ।

    पहिलो पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । वर्षात सकिएको महिनौ बिती सक़्क़दा समेत काम सुरू नहूदा ठेकेदार आयोजनाको काम नगरने मनसाय को कि भन्ने जन बुझाई रहेको बुझिएको छ ।

    Post Views: 202

    प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार २०:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.