५ अशोज २०८३, सोमवार

पल शाह प्रकरण ः नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए
नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ । शाहले नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार