३० अशोज २०८३, शुक्रबार

पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निणर्य

काठमाडौँ । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निणर्य गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निणर्य गरेको हो। न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निणर्य भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। उनले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताए। उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए।
उनले भने, ‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निणर्य भएको छ। हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निणर्य भएको छ। यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्युलाई अघि बढाउने नणर्य भयो। मन्त्रीमण्डल बिस्तारका विषयमा छलफल भयो। मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल भयो।’ गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार