
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलका विभिन्न स्थानमा खानेपानीको पाईप जडानका लागि खाल्टो खनेर वेवारिसे छोेड्दा दुर्घटनाको जोखिम बढेको छ । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.सुनवल नवलपरासीले नौ महीना अघि पायनियर चोकमा पानी सप्लाईका लागि पाईप विछ्याउन खाल्टो खनेर अलपत्र छोडेपछि दुर्घटनाको जोखिम बृद्धि भएको स्थानिय निर्मल चौधरी बताउछन् । उनि भन्छन् “ भित्री सानो सडक त्यहिमाथि खानेपानी संस्थाले वेवारिसे छोडेको खाल्टोले गर्दा सडक साँघुरो भयो । ”
सडक साँघुरो भएकाले आवत जावत गर्दा दिनहु ससाना दुर्घटना बढे पछि स्थानिय आक्रोशित छन् । आक्रोशित स्थानिय माया पुन भन्छिन् “ मेरै घरलाई जोखिममा राखेर ९ महिना अघि घर छेउमा खाल्टो खनेर अलपत्र छोडेको छ, खानेपानी संस्थालाई वास्ता छैन ।” उनि थप्छिन् “ क्षतिपूर्तिका लागि पहल गरुँ कि संस्थाले आफ्नो काम पुरा गर्छ ?” । उनले खानेपानी संस्थाले उक्त अलपत्र कामलाई पुरा नगरी अझै ढिलासुस्ति गरे आफु क्षतिपुर्तिका लागि माग गर्ने योजना सुनाईन् ।
उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन संस्था निरन्तर सक्रिय रहेको भनिए पनि बिद्यालय जाने मूल सड़कमा महिनौ देखी खाड़लको धराप राख्नू हदईसम्मको लापरवाहीले सर्बसाधरणमा समस्या निम्त्याएको छ ।





