१८ कार्तिक २०८३, बुधबार

तोलामा ८ सय रुपैयाँले घट्यो सुन

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार