• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चिठी आदानप्रदान हुन छाडेपछि गोरखाका २१ अतिरिक्त हुलाक कार्यालय बन्द

  •  संवाददाता
  • २०८१ चैत्र २२, शुक्रबार ०६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोरखा । जिल्लाको हुलाक कार्यालयमातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो । यसअघि जिल्लामा कूल ५६ अतिरिक्त हुलाक कार्यालय थिए ।

    सरकारको निर्णयअनुसार उक्त कार्यालय खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आलेमगरले बताउनुभयो । ’सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेको थियो’, उहाले भन्नुभयो ’सोहीबमोजिम जिल्लामा अतिरिक्त कार्यालय बन्द भएका हुन् ।’ त्यहाँ कार्यरत कर्मचारीलाई गत साउनमा नै सेवा सुविधा दिएर घर पठाइएको उहाँले जानकारी दिनुभयो ।

    एउटा इलाका हुलाक कार्यालय बन्द गरिएको छ । ’जिल्लाभर १२ वटा इलाका हुलाक कार्यालय थिए’, मगरले भन्नुभयो, ’एक स्थानीय तह, एक इलाका हुलाक कार्यालय कार्यक्रम लागू भएसँगै एउटा कार्यालय बन्द गरिएको हो ।’ जिल्लामा हाल ११ वटा मात्र इलाका हुलाक कार्यालय र २५ वटा अतिरिक्त हुलाक कार्यालय रहेको उहाले जानकारी दिनुभयो ।

    ती कार्यालयले हुलाकमार्फत आउने चिठी पत्र गाउँघरमा लैजाने काम गर्थे । तर पछिल्लो समय प्रविधिमा भएको विकासले चिठी आदानप्रदानको सङ्ख्या घट्दो छ । व्यक्तिगत चिठीपत्र तथा सामग्री निकै कम मात्रामा आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कार्यालयमा १२ हजार सात सय ६५ वटा चिठीपत्र आदानप्रदान भएका छन् ।

    जसमध्ये करिब ८० प्रतिशत चिठी सरकारी कार्यालयका छन् । बाँकी २० प्रतिशत भने व्यक्तिगत रहेको सूचना अधिकारी मगरले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार गत आव व्यक्तिगत र सरकारी गरी कुल २२ हजार दुई सय ३० वटा चिठीपत्र आदानप्रदान भएका थिए । आव २०७९/८० मा १७ हजार ४९ र २०७८/७९ मा १६ हजार ३४ वटा चिठीपत्र आदानप्रदान भएका कार्यालयले जनाएको छ ।

    Post Views: 247

    प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार ०६:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.