• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा आलु खेती गरिने क्षेत्र बढेसंगै उत्पादन पनि वृद्धि

  •  संवाददाता
  • २०८२ बैशाख ७, आईतवार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आवमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ ।

    जिल्लामा यस आर्थिक वर्षमा तीन हजार २१६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको उहाँले बताउनुभयो ।

    “गत आर्थिक वर्ष तीन हजार २०५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदा ५८ हजार ४१३ मेट्रिकटन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “गत आवको तुलनामा यस वर्ष ११ हेक्टर क्षेत्रफल बढेको छ भने ७०७ मेट्रिकटन आलु धेरै उत्पादन भएको छ ।”

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विगत चार वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा जिल्लामा आलु खेती १०१ हेक्टर क्षेत्रफल बढेको छ । क्षेत्रफल बढेसँगै आलुको उत्पादन पनि वृद्धि भएको प्रमुख तिवारीले बताउनुभयो ।

    “जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा तीन हजार ११५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको तथ्याङ्क रहेको छ भने त्यो क्षेत्रफल चालु आव २०८१/८२ सम्म १०१ हेक्टरले बढेर तीन हजार २१६ हेक्टरमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “उत्पादन पनि आव २०७८/७९ मा ५० हजार १५२ मेट्रिकटन भएकोमा त्यसमा आठ हजार ९६८ मेट्रिकटनले वृद्धि भएर ५९ हजार १२० मेट्रिकटन वार्षिक उत्पादन हुन थालेको छ ।”

    जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताउनुभयो ।

    “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ,” उहाँले भन्नुभयो, “सरकारी तहबाट लगानी वृद्धि हुँदा कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् ।”

    कृषि ज्ञान केन्द्रले चालु आवमा समुदायस्तमा प्रशोधनयोग्य र खायन आलु प्रवद्र्धनको लागि कुल एक करोड ८५ लाख रकम विनियोजित गरेको थियो । आलुको बीउको लागि कृषि ज्ञान केन्द्रले ३१ वटा समूह एवं सहकारीलाई ६५ प्रतिशत अनुदानमा करिब ८० लाख बराबरको अनुदान प्रदान गरेको कृषि बाली विज्ञ ढकालले जनकारी दिनुभयो ।

    जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिका एवं हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँ लगायतका सहरमा जाने गरेको छ । रासस

    Post Views: 113

    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार ०७:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया फर्किएका युवाका लागि ब्याज अनुदानस्वरूप KOICA ले २५ लाख अमेरिकी डलर प्रदान गर्ने
    सुनवल नगर क्षेत्रमा दिइयो करिव ५ सय सुधारिएको चुल्हो
    युनि कन्सल्ट्यान्स अलायन्सको पाँचौँ साधारण सभाले नयाँ योजनासहित अगाडि बढ्ने घोषणा
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.