काठमाडौँ, Professional Education Consultancy (PEC) ले USA EDU FAIR 2025 सफलतापूर्वक सम्पन्न गरेको छ। ३१ वर्षदेखि नेपाली विद्यार्थीहरूलाई विदेशमा गुणस्तरीय शिक्षा हासिल गर्न मार्गदर्शन गर्दै आएको PEC ले अमेरिकाको उत्कृष्ट विश्वविद्यालयहरूलाई एकै स्थानमा ल्याई विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गरेको हो।

मेलामा अमेरिका भरिका प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता रहेको थियो जसले विद्यार्थीहरूलाई ३० हजार अमेरिकी डलरसम्मको छात्रवृत्ति, CPT (Curricular Practical Training) को अवसर, र Assistantship का बारेमा जानकारी गराए। विश्वविद्यालयका प्रतिनिधिहरूले STEM, IT, Business, Public Health, Data Science लगायतका लोकप्रिय पाठ्यक्रमहरूबारे स्पष्ट जानकारी दिएका थिए।
PEC को यो यात्रा नेपालको शैक्षिक परामर्श सेवामा विश्वसनीयता, अनुभव, र सफलता दरको परिचायक बनेको छ। IELTS बिना पनि MOI (Medium of Instruction) को माध्यमबाट आवेदन गर्न मिल्ने सुविधा, विद्यार्थीलाई सजिलो हुने गरी जानकारी दिइएको थियो।


